धादिङ बस दुर्घटना : २२ घाइतेको काठमाडौँमा उपचार हुँदै, थप १ को मृत्यु

इ चितवन खबर

February 23, 2026

काठमाडौँ।पोखराबाट काठमाडौँ आउँदै गर्दा धादिङमा दुर्घटना भएकोे ग २ ख १४२१ नम्बरको यात्रुवाहक बसका घाइते यात्रुमध्ये २२ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । 


जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घाइतेमध्ये १२ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र १० जनाको नेशनल अस्पताल कलंकीमा उपचार भइरहेको छ । उहाँले उपचारका लागि ल्याइएका २३ जनामध्ये अर्का एक जना घाइतेको भने मृत्यु भएको जानकारी दिनुभयो । उनको पहिचान खुलेको छैन ।


नेशनल अस्पताल कलंकीमा ९ जना पुरुष, १ जना महिला  उपचाररत छन् । ट्रमा सेन्टरमा ७ पुरुष र ५ महिलाको उचार भइरहेको छ । 


नेशनल सिटी अस्पतालमा उपचार हुनेमा सितापाईला बस्ने वर्ष ३३ को राजेश कुँवर, तनहुँ भक्ते बस्ने वर्ष १८ को सुविन मल्ल, कास्की लेखनाथका ३५ वर्षीया प्रतिभा पौडेल, कास्कीको देविनगरका २३ वर्षीय चन्द्रआशिष फुँयाल, काठमाडौँ लोलाङ बस्ने  वर्ष १९ का संगम मल्ल, कास्की चिसुवा घर भएका वर्ष ३९ की प्रमिला भट्टराई, स्याङ्जा फेदिखोला ४ घर भएका वर्ष ६४ का डम्मरबहादुर विक, काठमाडौँ कलंकी घर भएका वर्ष २५ को कृष्ण तिवारी, कास्की घर भएका वर्ष २० को सुनम गुरुङ र धादिङ धुनिबेशी घर भएका वर्ष ३६ को राजेन्द्र बिसुन्के रहेका छन् । 


यस्तै ट्रमा सेन्टरमा उपचार भइरहेकाहरूमा चिनियाँ नागरिक  २२ वर्षीया कि मिसि हाउ, काठमाडौँ बौद्धका वर्ष ४८ की एन्जी शेर्पा, तनहुँका वर्ष ४५ को सोमप्रसाद मल्ल, झापाका वर्ष ३० को विपिन मानन्धर, काठमाडौँ गोकर्णका वर्ष २८ की पुजा फुयाल, स्याङ्जा फेदिखोलाका २६ वर्षका सचिन्द्र सुनार  र कास्की लेखनाथका प्रदीप लामिछाने छन् ।


यस्तै ट्रमा सेन्टरमै काठमाडौँको बौद्ध बस्ने नोर्बु पाल्देन, कपनका स्वर्णीमा खत्री, कास्कीका १९ वर्षीया सलिना परियार, तनहुँका ४४ वर्षीय मानबहादुर थापा र काठमाडौँ बौद्धका ४८ वर्षीया लङ्साङ्गोली लामाको उपचार भइरहेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ । 

उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका छन् ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : संयोजक दाहाल

October 04, 2026

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : सभापति थापा

October 04, 2026

यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

October 04, 2026

धानबालीमा रोग-कीराको समस्या : किसान चिन्तित

October 03, 2026

दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु

October 03, 2026

रौनक हराउँदै लमजुङका चलचित्र हल

October 02, 2026

अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

October 01, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .