जेनजीको मागअनुसार कांग्रेस परिवर्तित भएर जनतामाझ आएको छ : उपसभापति शर्मा

इ चितवन खबर

February 26, 2026

महोत्तरी। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजीको मागअनुसार नेपाली कांग्रेस परिवर्तित भएर जनतामाझ आएको बताउनुभएको छ ।
 
 
कांग्रेस महोत्तरीले जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ ले जलेश्वरमा आयोजना गरेको चुनावी कोणसभामा उहाँले परिवर्तका लागि जेनजीले गरेको आन्दोलनको भावनाअनुसार सबैभन्दा पहिले आफ्नो पार्टीमा परिवर्तन आएको दाबी गर्नुभयो । 
 
 
उपसभापति शर्माले जेनजीकै मागअनुसार नै लामो समय पार्टीभित्र पुस्तान्तरणको आवाज उठाउँदै आएका गगनकुमार थापालाई पार्टी सभापति बनाएर चुनावमा आएकाले अब जनताले त्यसको मूल्याङ्कन गर्नुपर्ने धारणा राख्नुभयो । 
 
 
“गत भदौमा भएका जेनजी आन्दोलनमा नवयुवाहरूले सुशासनको कुरा गरे, त्यसका लागि राजनीतिक दलहरू रूपान्तरण आउनुपर्छ भन्ने सन्देश दिए । त्यहीअनुसार हामीले पार्टीमा सुधार सुरु गरेका छौँ, युवालाई देशको बागडोर सुम्पिँदै आउने निर्वाचनपश्चात् पार्टी सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएका छौँ । देशभर नयाँ उम्मेदवार अगाडि सारेर आएका छौँ”, उहाँले भन्नुभयो । 
 
 
उपसभापति शर्माले देशले मागेको विकास, चाहेको परिवर्तन र खोजेको सरकार केवल आफ्नो पार्टीले दिनसक्ने भन्दै यसपालिको निर्वाचनमा जनताले पनि आफूहरूको अभियानलाई अनुमोदन गर्ने विश्वास व्यक्त गर्नुभयो । 


# चितवन खबर # राजनीति

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .