इ चितवन खबर
March 19, 2026
चितवन। पछिल्लो समय गुणस्तरीय शिक्षाको खोजीमा रहेका अभिभावकहरूको पहिलो रोजाइ बन्दै गएको छ भरतपुर–११, मालपोतचोकमा अवस्थित स्टार्स मन्टेश्वरी एकेडमी। बालबालिकाको समग्र विकासमा केन्द्रित शिक्षण पद्धति, संस्कारमूलक वातावरण तथा आधुनिक शिक्षण शैलीका कारण यस मन्टेश्वरीले छोटो समयमै जिल्लाभर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको हो।
स्टार्स मन्टेश्वरी एकेडमीका प्रबन्ध निर्देशक गणेश रानाका अनुसार, “शिक्षा केवल पुस्तकमा सीमित हुनु हुँदैन, यसले बालबालिकाको व्यवहार, सोच, संस्कार र सिर्जनशीलता विकास गर्नुपर्छ भन्ने हाम्रो मूल मान्यता हो।” यही सोचलाई आत्मसात गर्दै विद्यालयले परम्परागत शिक्षासँगै व्यवहारिक, सिर्जनात्मक तथा संस्कारमुखी शिक्षालाई प्राथमिकता दिएको छ।
स्टार्स मन्टेश्वरी एकेडमीमा बालबालिकालाई प्रारम्भिक अवस्थादेखि नै अनुशासन, सम्मान, सहकार्य र आत्मनिर्भर बन्ने सीप सिकाइन्छ। विद्यालयले नेपाली मौलिक संस्कृति, चाडपर्व र परम्परालाई पाठ्यक्रमसँग जोड्दै बालबालिकामा आफ्नो पहिचानप्रति गर्व गर्ने भावना विकास गराउने काम गर्दै आएको छ।
विद्यालयको अर्को विशेषता भनेको फरक–फरक सह–पाठ्यक्रम क्रियाकलापहरू हो। यहाँ नृत्य, संगीत, चित्रकला, खेलकुद, कथा वाचन, अभिनय जस्ता गतिविधिहरू नियमित रूपमा सञ्चालन गरिन्छ। यस्ता क्रियाकलापले बालबालिकाको आत्मविश्वास बढाउने, नेतृत्व क्षमता विकास गर्ने र सामाजिक घुलमिलमा सहयोग गर्ने विद्यालयको विश्वास छ।
सुविधासम्पन्न कक्षा कोठा, सुरक्षित र बालमैत्री वातावरण, प्रशिक्षित तथा अनुभवी शिक्षकहरूको टोलीले विद्यालयको गुणस्तरलाई थप मजबुत बनाएको छ। प्रत्येक बालबालिकालाई व्यक्तिगत रूपमा ध्यान दिँदै उनीहरूको रुचि र क्षमताअनुसार शिक्षण गरिने व्यवस्था गरिएको छ।
अभिभावकहरू पनि विद्यालयको सेवाप्रति सन्तुष्ट देखिन्छन्। एक अभिभावक भन्छन्, “हाम्रो बच्चामा धेरै सकारात्मक परिवर्तन आएको छ। यहाँ पढाइ मात्र होइन, राम्रो व्यवहार र अनुशासन पनि सिकाइन्छ।”
समयअनुसार प्रविधिमैत्री शिक्षण प्रणाली अपनाउँदै आएको स्टार्स मन्टेश्वरी एकेडमीले आगामी दिनमा अझ उत्कृष्ट सेवा विस्तार गर्ने लक्ष्य लिएको छ। बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्ने प्रतिबद्धतासहित अघि बढिरहेको यो संस्था चितवनमा गुणस्तरीय प्रारम्भिक शिक्षाको एक उदाहरणीय केन्द्रको रूपमा स्थापित हुँदै गएको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 04, 2026
October 03, 2026
October 03, 2026
October 02, 2026
October 01, 2026
October 01, 2026
September 30, 2026
September 30, 2026
September 30, 2026
September 29, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .