इ चितवन खबर
March 22, 2026
चितवन। चितवन राष्ट्रिय निकुञ्जले विभिन्न मुद्दाका गत साउनदेखि हालसम्म १२८ जनालाई पक्राउ गरेको छ ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार पक्राउ पर्नेमा सबैभन्दा धेरै अवैध रूपमा माछा मार्ने रहेका छन् । निकुञ्जले राप्ती नदीमा अवैध रूपमा माछा मार्ने ७० जनालाई पक्राउ गरी कारबाही गरेको हो । यस्तै गैँडा मुद्दाका तीन, सालक मुद्दाका पाँच, निउरो टिप्ने ११, अवैध रूपमा घाँस दाउरा गर्ने ३० जना, पन्छी मार्ने एक जना, बिनाअनुमति राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने चार र अन्य चार जनालाई पक्राउ गरी कारबाही गरिएको हो ।
यस अवधिमा कार्यालयले विभिन्न चार किसिमका मुद्दा अदातलमा दर्ता गराएको छ । सालकसम्बन्धी मुद्दा दुई, सवारीसाधनको ठक्करबाट गैँडा घाइते मुद्दा एउटा, गैँडालाई करेन्ट लगाएर मारेको एउटा मुद्दा अदातलमा दर्ता गरेको उहाँले जानकारी दिनुभयो । निकुञ्जले यस आर्थिक वर्षमा नौवटा मुद्दा फैसला गरेको छ । उहाँका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरिआएका २६ र यस वर्ष दर्ता भएको एउटा मुद्दामध्ये नौवटाको फैसला भएको छ । अहिले १८ मुद्दा चालु अवस्थामा छ । चालु अवस्थामा रहेका मुद्दामध्ये सातवटा वनसम्बन्धी मुद्दा र ११ वटा मुद्दा वन्यजन्तुसँग सम्बन्धित छन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 04, 2026
October 03, 2026
October 03, 2026
October 02, 2026
October 01, 2026
October 01, 2026
September 30, 2026
September 30, 2026
September 30, 2026
September 29, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .