इ चितवन खबर
April 07, 2026
चितवन। दशौँ अन्तरराष्ट्रिय प्रदर्शनी यही चैत २७ गतेदेखि सुरु हुने भएको छ । चितवन उद्योग सङ्घको आयोजनामा हुन लागेको प्रदर्शनी २९ गतेसम्म सञ्चालन हुने छ । सङ्घले पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनीका बारेमा जानकारी गराएको छ । नेपालका उद्योगहरूको प्रवर्द्धनका लागि आयोजना गर्न लागिएको प्रदर्शनीले आयातलाई प्रतिस्थापन गर्दै निर्यातलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने सङ्घका अध्यक्ष मदन घिमिरेले जानकारी दिनुभयो ।
प्रदर्शनीमा उत्पादन तथा सेवामूलक उद्योगको लागि उपयोगी हुने मेसिन तथा प्रविधिको प्रदर्शनी गरिने छ । हस्तकला, गार्मेन्ट, निर्माणजन्य सामग्रीहरू, प्लाष्टिक, प्रिन्टिङ, प्याकेजिङ, कृषि, ऊर्जालगायतका उत्पादनलाई सहयोग पुग्ने सामग्रीको प्रदर्शनी गरिने छ ।
प्रदर्शनीमा सातवटै प्रदेशका स्टलहरू रहने छन् । राष्ट्रिय आविस्कार केन्द्रको प्रविधि तथा मेसिनरीको स्टल र मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध उद्योगसमेत स्टलमा रहने उहाँले जानकारी दिनुभयो । एक सय वटा स्टल रहने प्रदर्शनीमा २५ हजारभन्दा बढी उद्योगी, व्यवसायीको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ । अहिले नेपालमा उत्पादित सामग्री भारत, इथोपिया, श्रीलङ्काजस्ता देशमा पुगेको भन्दै उत्पादित वस्तुको बजारीकरणमा समेत सहयोग पुग्ने उहाँले बताउनुभयो ।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पहुँचको लागि वातावरण तयार गर्नका लागि नेपालको वर्तमान औद्योगिक अवस्था र भावी गन्तव्य विषयमा प्रदर्शनीका क्रममा छलफल गरिने छ । युवाहरूलाई उद्योमशीलतातर्फ प्रेरित गर्न, रोजगारी बृद्धि र स्थानीय स्रोतसाधनको अधिकतम उपयोगमार्फत स्वदेशी उद्योगको उन्नति एवं समृद्ध राष्ट्र निर्माणका लागि प्रदर्शनी सहयोगी बन्ने सो अवसरमा जानकारी दिइयो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
September 30, 2026
September 30, 2026
September 28, 2026
September 26, 2026
September 25, 2026
September 25, 2026
September 23, 2026
September 23, 2026
September 22, 2026
September 22, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .