इ चितवन खबर
April 21, 2026
चितवन। गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रङ्गशाला ठेक्का म्याद सकिन आठ महिना बाँकी रहँदा ५० प्रतिशतमात्र सम्पन्न भएको हो ।
विसं २०८१ असारमा ३० महिनामा काम सम्पन्न गर्नेगरी भरतपुर महानगरपालिकाले हिमालयन कालिञ्चोक बिबीआर जेभीलाई ठेक्का दिएको थियो । विसं २०८३ पुस २२ भित्र काम सक्नेगरी कुल ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार हालसम्म एउटा टावरको काम लगभग सकिएको छभने अर्को टावरको दोस्रो तलाको ढलान भएको छ । चारवटा प्यारापिटमध्ये एउटाको काम सकिएको छ । दुईवटाको ढलान भएको र बाँकी एउटाको काम सुरु भएको छ ।
मैदान निर्माण सुरु गरिएको छ । मैदानमा पाँचवटा पिच बनाउने तयारी भइरहेको छ । यससँगै मैदानसम्म पुग्ने बाटो, मैदान र पिच बनाउने कामसँगै अघि बढेको छ । साथै भूमिगत पावर केवल, प्लम्बिङलगायतका काम भइरहेको छ । बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत व्यहोर्ने जनाइएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि सङ्घीय सरकारले २५ करोड रुपैयाँ र भरतपुर महानगरपालिकाले चार करोड ८० लाख रुपैयाँ विनियोजन गरेर आयोजना अघि बढाइएको हो । चालु आर्थिक वर्षमा महानगरले चार करोड रुपैयाँ विनियोजन गरेको छ ।
महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले काम छिटो गर्न र समयमा सक्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले गर्नुपर्ने काममा कुनै समस्या छैन । कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई भनेका छौँ ।” सङ्घीय र प्रदेश सरकारसँग रङ्गशाला निर्माणका लागि आवश्यक बजेट माग गरिरहेको पनि उहाँले बताउनुभयो ।
धुर्मस–सुन्तली फाउन्डेसनले रङ्गशाला निर्माण गर्न नसकेपछि महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । यससँगै महानगरपालिकाले प्रदेश र सङ्घसँग सहकार्य गरेर काम अघि बढाएको हो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 03, 2026
September 30, 2026
September 30, 2026
September 28, 2026
September 26, 2026
September 25, 2026
September 25, 2026
September 23, 2026
September 23, 2026
September 22, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .