इ चितवन खबर
April 22, 2026
चितवन। चितवन उद्योग संघको १८ औं कार्यसमितिको दुई वर्षे कार्ययोजना तर्जुमा गोष्ठीबाट तय भएको संस्थागत सम्बन्ध तथा भ्रमण विभागको आयोजनामा चितवनका उद्योगीहरुलाई पुनर्ताजगीकरणको लागि मुगुको रारा सहित कर्णाली प्रदेशको औद्योगिक अवलोकन भ्रमण शुरु गरिएको छ ।
चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेको नेतृत्व र चितवन उद्योग संघका उपाध्यक्ष एवम् संस्थागत सम्बन्ध तथा भ्रमण विभागका विभागीय संयोजक विशाल चापागाईको संयोजनमा शुरु भएको भ्रमणमा २३ जनाको सहभागिता रहेको छ ।
भ्रमण टोलीमा चितवन उद्योग संघका पूर्व अध्यक्ष हरिप्रसाद सुवेदी, चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु अन्तोष बमजन, रामहरि कँडेल, सुरेन्द्र कार्की, प्रकाश पौडेल, चितवन उद्योग संघका पूर्व कार्यसमिति सदस्यहरु युवराज पाठक, अम्बर बहादुर अधिकारी, गोविन्द अर्याल, चन्द्रकान्त सुवेदी, सुधा सवेदी पौडेल, संघका सदस्यहरु महोदत्त सापकोटा, टिकाराम कँँडेल, कपिल खनाल, बिना खरेल, युविना पाठक, हिमा अर्याल, घनादेवी कँडेल सापकोटा, केशवती पोखरेल खनाल, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट लगायतको सहभागिता रहेको थियो ।
बैशाख ०९ गतेदखि १५ गतेसम्म सञ्चालन हुने भ्रमणमा कर्णाली प्रदेशका औद्योगिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गरिने चितवन उद्योग संघका उपाध्यक्ष एवम् संस्थागत सम्बन्ध तथा भ्रमण विभागका विभागीय संयोजक विशाल चापागाईले जानकारी दिनुभयो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 02, 2026
October 01, 2026
October 01, 2026
September 30, 2026
September 30, 2026
September 30, 2026
September 29, 2026
September 29, 2026
September 28, 2026
September 28, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .