राज्यको नीतिका कारण रियल स्टेट व्यवसायीको आत्मबल कमजोर : अशोक बिष्ट

इ चितवन खबर

April 27, 2026

चितवन। घरजग्गा तथा आवास व्यवसाय क्षेत्रमा क्रियाशील त्रिवेणी भगवती माई रियल स्टेट एण्ड हाउजिङ कम्पनी प्रा.लिका प्रबन्ध निर्देशक अशोक बिष्टले राज्यको नीतिका कारण रियल स्टेट व्यवसायीहरूको आत्मबल कमजोर बन्दै गएको बताएका छन्।

 

उहाँले पछिल्लो समय सरकारले अवलम्बन गरेको आर्थिक तथा आवास सम्बन्धी नीतिहरूले घरजग्गा क्षेत्रलाई प्रत्यक्ष असर पारेको उल्लेख गर्नु भएको छ। बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा प्रवाहमा गरिएको कडाइ, कर प्रणालीमा आएको जटिलता तथा कारोबार सम्बन्धी प्रक्रिया झन्झटिलो हुँदा व्यवसायीहरू निरुत्साहित बनेको उहाँको भनाइ छ।

 

प्रबन्ध निर्देशक बिष्टका अनुसार यस्ता नीतिगत अस्थिरताले नयाँ लगानी घट्नुका साथै चलिरहेका परियोजनाहरू समेत प्रभावित भएका छन्। “स्पष्ट र दीर्घकालीन नीति अभाव हुँदा लगानीकर्तामा अन्योल सिर्जना भएको छ,”  उहाँले भन्नु भयो । उहाँले राज्यलाई व्यवसायमैत्री नीति ल्याउन आग्रह गर्दै रियल स्टेट क्षेत्रलाई पुनः चलायमान बनाउन सहजीकरण आवश्यक रहेको बताउनु भयो । साथै, आवास क्षेत्रले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने भएकाले यस तर्फ सरकारको विशेष ध्यान जानुपर्ने उहाँको जोड छ।


# चितवन खबर # अर्थ खबर

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .