नेपाल रेडक्रस सोसाइटीद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन : उम्मेदवारी मनोनयन दर्ता निःशुल्क

इ चितवन खबर

May 04, 2026

काठमाडौँ। नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा युवा र महिलाहरूलाई पु¥याउन प्रोत्साहन गरेको छ । 

    
सोसाइटीले अध्यक्ष/सभापति/महामन्त्री/महासचिवलगायत प्रमुख पदमा सोसाइटीको सबै तहको नेतृत्वदायी भूमिकामा उनीहरुको सार्थक उपस्थितिका विशेष ध्यान दिएको हो । यसअन्तर्गत महिला र १८ देखि ३० वर्ष उमेर समूहका युवाले नेतृत्वदायी पदहरूमा उम्मेदवारी दिन प्रोत्साहन गर्दै उम्मेदवारी मनोनयन दर्ता निःशुल्क गरेको छ । 

    
सोसाइटीको विधान २०२० (अठारौँ संशोधन २०८२ सहित) अनुसार संस्थामा महिलाको सहभागिता कम्तीमा ३३ प्रतिशत रहने सुनिश्चित गरेको छ भने सोसाइटीको केन्द्रीयस्तरमा युवा रेडक्रस आयोग, प्रदेशस्तरमा प्रदेश युवा रेडक्रस समिति, जिल्लास्तरमा जिल्ला युवा रेडक्रस समिति र पालिकास्तरमा पालिका युवा रेडक्रस समिति रहने व्यवस्था रहेको छ । 

    
विधानअनुसार २१ जनाको समिति रहने सोसाइटीको केन्द्रीय समितिमा एक जना महिला उपाध्यक्ष र पाँच जना महिला सदस्य रहने व्यवस्था गरिएको छ ।

    
पन्ध्र जनाको समिति रहने प्रदेश समितिमा महिला उपाध्यक्ष एक जनासहित सदस्य तीन जनामहिला र युवा समितिबाट महिला एकसहित दुई जनाको सहभागिता रहने व्यवस्था छ ।

    
सोसाइटीको जिल्ला शाखामा पनि १५ जनाको समिति रहने छ । यसमा एक जना महिला उपसभापति र तीन जना सदस्य महिला हुनुपर्ने व्यवस्था छ भने जिल्लास्तरीय युवा समितिले आफूमध्येबाट छनोट गरेका एक जना महिलासहित दुई जनाको सहभागिता रहने छ ।

    
सोसाइटीको पालिका शाखामा १५ जनाको समिति रहने व्यवस्थाअनुसार महिला उपाध्यक्ष एक जना र सदस्यमा तीन जना महिला रहने व्यवस्था गरिएको छ । 

    
यस्तै, पालिका युवा समितिबाट कम्तीमा एक जना महिलासहित दुई जनाको सहभागिता रहने विधानमा व्यवस्था गरिएको छ । नौ जनाको कार्यसमिति रहने उपशाखा तहमा उपसभापति र कोषाध्यक्षमा महिला एक÷एक जना अनिवार्य गरिएको छ भने सदस्यमा दुई जना महिला रहने व्यवस्था गरिएको छ ।

    
सबै तहमा हुने खुल्ला सदस्यमा पनि युवा तथा महिलाले उम्मेदवारी दिन सक्ने व्यवस्था रहेको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ आइएफआरसीले पनि नेपाल रेडक्रस सोसाइटीमा महिला र युवाको नेतृत्वदायी भूमिका रहनुपर्नेमा जोड दिँदै आएको छ । 

    
सोसाइटीले देशभरका पालिका, जिल्ला, प्रदेश तथा केन्द्रीय समितिहरूको निर्वाचन प्रक्रिया अघि बढाएको छ । जसअन्तर्गत २०८३ वैशाख २६ देखि जेठ ४ गतेसम्म सबै पालिका शाखा समितिहरूको, जेठ १५ गते जिल्ला शाखा समितिहरूको, असार २ गते सातै प्रदेश समितिहरू र प्रत्येक प्रदेशसभाको अधिवेशनमा भाग लिन आएका पालिका प्रतिनिधिहरूमध्येबाट केन्द्रीय सभाको महाधिवेशनका लागि तोकिएअनुसारका प्रतिनिधिहरूका साथै असार २४ र २५ गते केन्द्रीय समितिको निर्वाचन सम्पन्न हुने गरी निर्वाचन कार्य तालिका तय गरेको छ ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

धानबालीमा रोग-कीराको समस्या : किसान चिन्तित

October 03, 2026

दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु

October 03, 2026

रौनक हराउँदै लमजुङका चलचित्र हल

October 02, 2026

अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

October 01, 2026

शान्ति समाज चितवन शाखाको सभापतिमा जीवन के.सी निर्वाचित

October 01, 2026

अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन : अध्यक्ष ओली

September 30, 2026

मालढुङ्गा पुलको मर्मत थालियो

September 30, 2026

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

September 30, 2026

ओम शान्ति एकेडेमीमा विद्यार्थीहरूको सहभागितामा हाट बजार कार्यक्रम सम्पन्न

September 29, 2026

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

September 29, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .