देवघाटको झोलुङ्गे पुल जीर्ण

इ चितवन खबर

May 10, 2026

तनहुँ। तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने त्रिशुली नदीमाथिको झोलुङ्गे पुल जीर्ण भएकाले सोही ठाउँमा नयाँ पुल निर्माण गर्न माग गरिएको छ । 

    
देवघाट गाउँपालिका–५ ले आयोजना गरेको सरोकारवालाको छलफलमा हाल भइरहेको पुल जीर्ण भएकाले सोही स्थानमा नयाँ झोलुङ्गे पुल निर्माण गर्न माग गर्ने निर्णय गरिएको हो । 

    
वडाध्यक्ष पूर्णबहादुर कुँवरले ४४ वर्ष अगाडि निर्माण गरिएको पुल जीर्ण हुँदै गएकाले नयाँ पुल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

    
उहाँले भन्नुभयो, “हाल भइरहेको स्थानमा नै नयाँ झोलुङ्गे पुल निर्माण गर्नुपर्ने यहाँका स्थानीयवासीको माग छ । स्थानीयको छलफलको निर्णयसहित पुल निर्माणका लागि सङ्घीय सरकारसँग आग्रह गर्नेछौँ ।”

    
देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले देवघाटका स्थानीयवासीलाई सहज रुपमा आवतजावत गर्नका लागि यहाँ नै पुल उपयुक्त हुने बताउनुभयो । 

    
झोलुङ्गे पुल जीर्ण भएपछि केही समय अगाडि प्रशासन कार्यालयले मोटरसाइकल सञ्चालनका लागि रोक लगाएको थियो । तर स्थानीयवासीको विरोधपछि हाल मोटरसाइकल सञ्चालन पुनःसुरु भएको छ । करिब ४४ वर्षअघि निर्माण भएको उक्त पुल पछिल्लो समय निकै जीर्ण भइसकेको तथा मानिस मात्र आवतजावत गर्नेगरी ‘डिजाइन’ गरिएको भन्दै पुल विभागले पछिल्लो समय कमात्रामा मोटरसाइकल चलाउन थालिएपछि सम्भावित दुर्घटना हुन नदिन मोटरसाइकलको आवतजावतमा रोक लगाउन आग्रह गर्दै आएको छ ।

    
माघेसङ्क्रान्तिको समयमा भने प्रत्येक वर्ष केही दिन उक्त पुलमा मोटरसाइकल सञ्चालनमा रोक लगाइएको छ । यसअघि विसं २०८२ मङ्सिर २५ गते सहरी विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास विभाग सस्पेन्सन ब्रिज डिभिजनले देवघाट क्षेत्र विकास समिति, जिल्ला प्रशासन कार्यालय तनहुँ र चितवन तथा भरतपुर महानगरपालिका र देवघाट गाउँपालिकालाई पत्राचार गरि उक्त पुलमा मोटरसाइकल चलाउन रोक लगाउन अनुरोध गरेको थियो ।

    
विसं २०३७ मा निर्मित उक्त पुल जीर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको छ । भीड हुँदा एकैपटकमा पाँच सय भन्दा बढिले पुलबाट आवत जावत गर्छन् । एकै पटकमा सयौं जनाले पुल तर्दा उक्त पुल पिङ झैँ हल्लने गरेको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले बताउनुभयो । 

    
देवघाट गाउँपालिका–५ का करिब ८० प्रतिशत नागरिकले चितवनको भरतपुर आउन सबैभन्दा छोटो दूरीको सोही पुल नै प्रयोग गर्दै आएका छन् । 

    
सोही पुलबाट दैनिक सयौँ स्थानीयले मोटरसाइकल पनि वारपार गर्दै आएका छन् । हरेक वर्ष साउन महिनामा हुने बोलबम मेला, बालाचर्तुदशी, माघेसङ्क्रान्ति मेला, औँशी, एकादशी, सूर्य ग्रहण, चन्द्र ग्रहणलगायत धार्मिक पर्व तथा मेलाहरुमा दैनिक दशौँ हजारले उक्त पुलबाट आवत जावत गर्छन् ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

July 01, 2026

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

July 01, 2026

प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल

June 30, 2026

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

June 30, 2026

१६७ भाषामा अध्ययन गर्न मिल्ने गरी नेवाः सांस्कृतिक ज्ञानकोष अनलाइनमा

June 29, 2026

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर

June 29, 2026

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

June 29, 2026

कागका कारण काठमाडौँमा बर्ड फ्लु फैलियो

June 29, 2026

असार १६ र १७ गते भारी वर्षाको सम्भावना

June 29, 2026

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

June 29, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .