चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध

इ चितवन खबर

May 10, 2026

चितवन। भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले महानगर क्षेत्रमा सञ्चालित स्कुल बसको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण गरेको थियो । 
 
 
तीन दिन लगाएर गरिएको परीक्षणका क्रममा निर्देशिका कार्यन्वयन नभएको पाइएपछि स्कुल बसलाई तत्काल स्कुल बस सञ्चालन निर्देशिका, २०७४ कार्यान्वयनका लागि निर्देशन दिइएको हो ।
 
 
कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार बजार क्षेत्रमा सञ्चालित विद्यालयका १४४ वटा बसको यान्त्रिक परीक्षण गरिएको थियो । सो क्रममा नियमिति मर्मत नभएका, चक्काको टायर नियमानुसार परिवर्तन नगरिएकोलगायत समस्या पाइएको उहाँले बताउनुभयो । 
 
 
निर्देशिका अनुसार बसमा फोहर फाल्ने डस्टबिन तथा अग्नि नियन्त्रण यन्त्र नभएको, प्राथमिक उपचारका लागि सामग्री नभएको पाइएपछि ती बसलाई तत्काल निर्देशिका कार्यान्वयनका लागि निर्देशन दिइएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “स्कुल बस निर्देशिका, २०७४ ले तोकेबमोजिम मापदण्ड पूरा नगर्ने बसलाई १५ दिनभित्र निर्देशिका कार्यान्वयनका लागि निर्देशन दिइएको हो ।”
 
 
कार्यालयले यही वैशाख २३ देखि २५ गतेसम्म विद्यालयका बसको यान्त्रिक परीक्षण तथा सवारी चालकको स्वास्थ्य परीक्षण गरेको थियो । सो क्रममा २५० जना सवारीचालक तथा परिचालकको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
 
 
कार्यालयले सोही क्रममा महानगरभित्र रहेका विद्यालयका बसको वायुप्रदूषणको अवस्थासमेत परीक्षण गरेको थियो । विद्यालयले सञ्चालनमा ल्याएका पुराना २५ वटा बसको वायुप्रदूषण मापन गरिएकामा आठ वटाले धुवाँ उत्सर्जन गरेको पाइएको थापाले जानकारी दिनुभयो ।
 
 
कार्यालयले वैशाख २४ र २५ गते वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागको सहयोगमा वायु प्रदूषण मापन गरेको थियो । सार्वजनिक र विद्यालयका १७३ वटा बसको वायु प्रदूषण मापन गरिएको प्रहरी निरीक्षक थापाले उल्लेख गर्नुभयो । उहाँका अनुसार ५४ वटा सवारीसाधनले धुवाँ उत्सर्जन गरेको पाइएकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ उपदफा (१) को खण्ड (च) अनुसार आवश्यक कारबाही गरिएको छ । साथै सम्भावित दुर्घटना न्यूनीकरण गर्नका लागि सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको उहाँले बताउनुभयो ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

रौनक हराउँदै लमजुङका चलचित्र हल

October 02, 2026

अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

October 01, 2026

शान्ति समाज चितवन शाखाको सभापतिमा जीवन के.सी निर्वाचित

October 01, 2026

अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन : अध्यक्ष ओली

September 30, 2026

मालढुङ्गा पुलको मर्मत थालियो

September 30, 2026

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

September 30, 2026

ओम शान्ति एकेडेमीमा विद्यार्थीहरूको सहभागितामा हाट बजार कार्यक्रम सम्पन्न

September 29, 2026

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

September 29, 2026

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

September 28, 2026

बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा

September 28, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .