इ चितवन खबर
June 04, 2026
चितवन। मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव, सहिष्णुता, वातावरण र सामाजिक न्यायका लागि कार्य गर्ने उद्देश्यले संस्थापक सभापति कृष्ण पहाडीको नेतृत्वमा स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजको स्थापना भएको थियो । सबैका लागि सबै मानव अधिकार भन्ने उद्घोष सहित मानवताको उच्चतम अभिव्यक्तिलाई जीवनको हरेक क्षेत्रमा प्रतिबिम्बित गर्ने पवित्र भावले स्थापित शान्ति समाज जगत्मुखी,जीवनमुखी,सेवामुखी अभियानमा समर्पित छ ।
शान्ति समाज स्थापनाको ३० औँ वार्षिकोत्सवका अवसरमा चितवनकाे भरतपुरमा “आदर्श नागरिक समाजको परिकल्पना : शान्ति समाजले अवलम्बन गरेको बाटो” विषयक नागरिक संवाद तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । शान्ति समाज चितवन शाखाका सभापति पुर्णचन्द्र चापागाईंकाे अध्यक्षतामा सम्पन्न साे कार्यक्रमकाे प्रमुख वक्ता पुर्व केन्द्रीय उपसभापति उद्दव लाेहनि हुनुहुन्थ्यो ।
नागरिक संवाद कार्यक्रममा केन्द्रीय सदस्य शम्भु राउत , शान्ति समाज चितवन शाखाका संस्थापक सभापति दिल बहादुर बाेगटी , गैसस महासंघ चितवनका अध्यक्ष रामचन्द्र आचार्य , महिला अधिकारकर्मी सुस्मिता खाति , अधिकारकर्मीहरु विदुर के सी , निराजन गाैलि , नेत्रनारायण आचार्य हरुले शान्ति समाजका तर्फबाट पुर्व केन्द्रीय उपसभापति उद्दव लाेहनि प्रस्तुत गर्नु भएको अवधारणा पत्र तथा शान्ति समाजकाे विगत देखि वर्तमान सम्मको अभियानका बारेमा जिज्ञासा र ३० औ स्थापना दिवसको शुभकामना ब्यक्त गर्नुभएको थियोे ।
सो कार्यक्रममा उपस्थित महानुभावहरुलाई शब्दद्वारा स्वागत शान्ति समाज चितवन शाखाका सदस्य लक्ष्मी सुवेदीले गर्नु भएको थियोे । करिब ४० जना अधिकारकर्मीकाे उपस्थिति रहेको नागरिक संवाद कार्यक्रमको सहजिकरण उपसभापति जीवन केसीले गर्नुभएको थियो ।
Happy ( ०% )
Sad ( १००% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 01, 2026
October 01, 2026
September 30, 2026
September 30, 2026
September 30, 2026
September 29, 2026
September 29, 2026
September 28, 2026
September 28, 2026
September 26, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .