इ चितवन खबर
June 09, 2026
चितवन । चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरुवा (नेक ब्लास्ट) रोगको सङ्क्रमण देखिएको छ । बाला लाग्ने अवस्थामा ढुसीजन्य रोगले धानको घाँटीमा आक्रमण गरी दाना नलाग्ने र बाला सुक्ने समस्या निम्त्याएको कृषि विकास कार्यालय चितवनले जनाएको छ ।
कार्यालय प्रमुख झलकनाथ कँडेलले जिल्लाको राप्ती, खैरहनी, रत्ननगरलगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको सङ्क्रमण देखिएको बताउनुभयो । “यस वर्षको असामान्य मौसमका कारण रोग फैलिएको हुनसक्छ”, उहाँले भन्नुभयो, “केही दिन परेको वर्षा, रातिको चिसो र दिउँसोको तातोका कारण तापक्रममा उतारचढाव आयो । यस्तो अवस्था ढुसी फैलिन अत्यन्त अनुकूल हुन्छ ।”
कार्यालय प्रमुख कँडेलका अनुसार नेक ब्लास्ट मुख्यतः बीउबाट सर्ने रोग हो । पुराना धानका जातमा रोग प्रतिरोधात्मक क्षमता क्रमशः कमजोर बन्दै जाने भएकाले सङ्क्रमणको जोखिम बढ्ने उहाँको भनाइ छ । “हर्दिनाथ–१ र चैते–५ किसानमाझ लोकप्रिय जात हुन्, तर यस वर्ष यिनै जातमा रोगको असर बढी देखिएको छ”, उहाँले भन्नुभयो ।
चितवनमा हरेक वर्ष सात हजार हेक्टरभन्दा बढी क्षेत्रमा चैते धानखेती हुँदै आएको छ । पछिल्ला वर्षमा हर्दिनाथ–१ मा नेक ब्लास्ट रोग देखिन थालेपछि किसानले विकल्पका रूपमा चैते–५ लगाउन थालेका थिए । यस वर्ष उक्त जातमा समेत रोग देखिएपछि समस्या थपिएको छ ।
रोगका कारण उत्पादनमा कमी आउने जोखिम बढेकाले कृषि प्राविधिकले खेतको नियमित अनुगमन, रोगग्रस्त बाला हटाउन, आवश्यक परामर्श लिएर रोग व्यवस्थापनका उपाय अपनाउन तथा पाकेको धान सकेसम्म छिटो भित्र्याउन किसानलाई आग्रह गरेका छन् । “सङ्क्रमण फैलिन नदिन र भएको उत्पादन जोगाउन पाकेको धान ढिलो नगरी थन्क्याउनु उपयुक्त हुन्छ”, कार्यालय प्रमुख कँडेलले भन्नुभयो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
November 19, 2026
November 17, 2026
November 16, 2026
November 16, 2026
November 14, 2026
November 11, 2026
November 10, 2026
November 10, 2026
November 09, 2026
November 07, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .