बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट

इ चितवन खबर

June 10, 2026

कीर्तिपुर। पछिल्ला केही हप्तायतादेखि बर्डफ्लु सङ्क्रमणका कारण कुखुरा र अण्डा नष्ट गर्ने क्रम बढेको छ । हालसम्म पाँच लाख ५३ हजार ७५० कुखुरा नष्ट गरिएका छन् । यस क्रममा पीडित किसानलाई राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।
 
 
रोग नियन्त्रणमा खटिएको पशुसेवा विभागको टोलीले दिएको जानकारीअनुसार प्रभावित १० जिल्लामा ७२ फार्मका लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा नष्ट गरिएका छन् । सरकारको निर्देशनअनुसार खटिएको ‘द्रुत कार्य टोली’ले कुखुरासँगै १० लाख ९०० अण्डा र दुई लाख पाँच हजार किलो कुखुराको दाना पनि नष्ट गरेको पशुसेवा विभागका वरिष्ठ पशुचिकित्सक डा नवराज श्रेष्ठले जानकारी दिनुभयो ।  
 
 
पीडित किसानलाई ४२ करोड राहत
 
सरकारले बर्डफ्लुका कारण कुखुरा तथा अन्य उत्पादन गुमाउन बाध्य किसानलाई करिब रु ४२ करोड राहत दिने भएको छ । वरिष्ठ पशुचिकित्सक डा श्रेष्ठका अनुसार रोग पुष्टि भई कुखुरा, अन्डा तथा दाना नष्ट गर्न बाध्य भएकाले ती किसानलाई उक्त राहत दिन लागिएको हो ।
 
 
बर्डफ्लु नियन्त्रण नियमावली २०७८ अनुसार यसरी पक्षीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको ७५ प्रतिशत राहत दिने व्यवस्था गरिएको छ । यसबाहेक प्रभावित क्षेत्रको सम्पूर्ण पक्षीजन्य उत्पादन नष्ट भएको करिब दुई महिनापछि मात्रै व्यवसाय पुनःसुरु गर्न पाउने व्यवस्थाले  किसानले थप क्षति व्यहोर्नुपर्ने हुन्छ ।
 
 
पशुसेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार द्रुत कार्य टोलीले तोकिएको ढाँचामा सङ्कलन गरेको क्षति विवरणका आधारमा किसानलाई दिनुपर्ने रकम निर्धारण गरिन्छ । विवरणमा टोली र किसानको हस्ताक्षर हुन्छ । लागत मूल्य जिल्लाअनुसार फरक पर्नसक्ने भएकाले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलगायत उच्च पदाधिकारीको बैठकले निर्णय गर्ने गरिएको जानकारी महानिर्देशक डा दाहालले बताउनुभयो ।
 
 
केही  महिनायता काठमाडौँ उपत्यकासहित १० जिल्ला बर्डफ्लुबाट प्रभावित छन् । महानिर्देशक डा दाहालका अनुसार केही साताअघि झापा, मोरङ र सुनसरी जिल्लामा देखिएको बर्डफ्लु पछि  महोत्तरी, बारा, चितवन हुँदै पछि पछिल्लो समय काठमाडाँै उपत्यकामा देखिएको हो ।
 
 
वरिष्ठ पशुचिकित्सक डा श्रेष्ठले  यसको  उपचार नभएकाले र प्रभावित ठाउँका पक्षीलाई नष्ट गर्नु तथा रोग देखिनासाथ जतिसक्दो छिटो नियन्त्रण गरेर फैलन नदिनु रोकथामको एउटा मात्र उपाय हो  । प्रभावित क्षेत्रका पक्षी, अण्डा र दाना  नष्ट गर्नुको कुनै विकल्प नभएको उहाँको भनाइ छ । 
 
 
उक्त कार्यका लागि पशु चिकित्सक निरन्तर खटिएका छन् । पछिल्लो समय काठमाडौँ उपत्यका बर्डफ्लुुको ‘हटस्पट’को रुपमा देखापरेको छ । चितवन तथा मुलकका अन्य भागमा उक्त रोग नियन्त्रणमा आइसकेको उहाँले बताउनुभयो ।


# चितवन खबर # अर्थ खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

गण्डकीमा विपद्पछिको पुनःनिर्माणमा आठ अर्ब बढी लाग्ने अनुमान

November 19, 2026

दूधको मूल्य वृद्धि गर्न किसानको माग

November 17, 2026

पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चाप, होटल भरिभराउ

November 16, 2026

दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

November 16, 2026

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

November 14, 2026

नवलपुरमा २०४ उद्योग थपिए

November 11, 2026

तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद

November 10, 2026

देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा

November 10, 2026

तीन महिनामा गण्डकी प्रदेशको आठ प्रतिशत बजेट खर्च

November 09, 2026

तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी

November 07, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .