रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने

इ चितवन खबर

June 11, 2026

चितवन। विश्व रक्तदाता दिवसका अवसरमा यही जेठ ३० गते चितवनमा ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव–२०८३’ आयोजना हुने भएको छ । 

    
भरतपुरस्थित चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा महोत्सव आयोजना गर्न लागिएको हो । भरतपुरलाई अस्पतालहरूको सहरका रूपमा चिनिने भएकाले यहाँ रगतको माग उच्च रहने गर्दछ । विशेषगरी गर्मीयाममा रगतको अभाव बढ्ने भएकाले रक्तदाताहरूलाई महोत्सवमा सहभागी भई रक्तदान गर्न आयोजकले आग्रह गरेका छन् ।

    
हरेक वर्ष जुन १४ मा विश्वभर विश्व रक्तदाता दिवस मनाइन्छ । सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे सचेतना फैलाउने, रक्तदानका लागि प्रेरित गर्ने र रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले यो दिवस मनाइने गरिएको छ ।

    
ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा हुन लागेको महोत्सवबारे जानकारी दिँदै सोसाइटीका अध्यक्ष अञ्जन दवाडीले संस्थाले विगत पाँच वर्षदेखि रक्तदान तथा रक्तदान प्रवद्र्धनका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउनुभयो ।

    
उहाँले भन्नुभयो, “सोसाइटीले विशेषगरी रक्त व्यवस्थापनको क्षेत्रमा विगत पाँच वर्षदेखि उल्लेखनीय काम गर्दै आएको छ । अघिल्लो वर्ष विश्व रक्तदाता दिवसका अवसरमा विभिन्न क्षेत्रका अभियन्ता र रक्तदातालाई सङ्गठित गरी पहिलो रक्तदान महोत्सव आयोजना गरेका थियौँ ।”

    
उहाँका अनुसार गत वर्ष आयोजित पहिलो रक्तदान महोत्सव नेपालमै एकै दिनमा सबैभन्दा बढी रगत सङ्कलन भएको कार्यक्रममध्ये एक थियो । उक्त महोत्सवमा एक हजार ७१७ पिन्ट रगत सङ्कलन भएको थियो ।

    
दवाडीले रगतको अभाव न्यूनीकरण गर्नाका साथै रक्तदानप्रति जनचेतना र उत्प्रेरणा जगाउने उद्देश्यले गत वर्षको सफलतापछि यस वर्ष दोस्रो ऐतिहासिक रक्तदान महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले मानवताको महान् अभियानमा सहभागी भई रक्तदान गर्न तथा कार्यक्रम सफल बनाउन सबैलाई अनुरोध गर्नुभयो ।

    
महोत्सव सफल बनाउन प्रशासन, सुरक्षा निकाय तथा विभिन्न सङ्घसंस्थाले सहयोगको प्रतिबद्धता जनाएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अभियान अत्यन्त सकारात्मक र मानवीय कार्य भएको उल्लेख गर्दै यसको सफलताका लागि आवश्यक सहयोग रहने बताउनुभयो ।

    
उहाँले लक्ष्यभन्दा पनि कार्यक्रमको प्रभावकारी व्यवस्थापन र व्यापक प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउनुभयो । स्वास्थ्य अवस्थाका कारण आफू रक्तदान गर्न नसक्ने भए पनि आधा महिनाको तलब सहयोगस्वरूप प्रदान गर्ने घोषणा गर्नुभयो ।

    
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले आफ्ना मातहतका सुरक्षाकर्मीलाई रक्तदानका लागि प्रेरित गर्ने बताउनुभयो । उहाँले “आफ्नो शरीरमा बगेको रगतले कसैको जीवन बचाउन सक्छ भने रक्तदान किन नगर्ने ?” भन्दै अभियानमा सहभागी हुन आग्रह गर्नुभयो ।

    
महोत्सवका लागि विभिन्न अभियन्ता, स्थानीय तहका प्रमुख, सङ्घसंस्थाका प्रतिनिधि तथा सामाजिक अगुवाले पनि रक्तदान गर्न आह्वान गर्दै आएका छन् ।


# चितवन खबर # स्वास्थ्य

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

July 23, 2026

एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा

July 21, 2026

भरतपुर अस्पतालमा बिरामीको उच्च चाप

July 21, 2026

एक वर्षमा २७४ जनामा डेङ्गु

July 16, 2026

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

July 08, 2026

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी

July 04, 2026

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर

June 29, 2026

सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक

June 23, 2026

सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो

June 19, 2026

नेपाली औषधि कम्पनी एमडीएच फार्मास्युटिकल्स प्रालिलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

June 17, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .