एभरेष्ट टक शो” को दोस्रो शृङ्खला भोलि प्रसारण हुँदै

इ चितवन खबर

June 18, 2026

चितवन । एभरेष्ट प्रिस्कुल, भरतपुर–१२, थानीचोक, चितवनद्वारा निर्माण गरिएको लोकप्रिय कार्यक्रम “द एभरेष्ट टक शो” को दोस्रो शृङ्खला भोलि असार ६ गते शनिबार प्रसारण हुने भएको छ।

कार्यक्रमको भिडियो ब्रोडकास्टिङ पार्टनर नारायणी अनलाइन, अडियो ब्रोडकास्टिङ पार्टनर कालिका एफएम ९५.२ मेगाहर्ज तथा प्रिन्ट मिडिया पार्टनर चितवन पोस्ट दैनिक रहेका छन्। एभरेष्ट प्रिस्कुलका लागि यो कार्यक्रम फोटो फ्याक्ट्रीद्वारा निर्माण गरिएको हो।

शिक्षा, बाल्यकाल, विद्यालय जीवन, सामाजिक योगदान तथा प्रेरणादायी अनुभवहरूलाई केन्द्रमा राखेर तयार गरिएको यस टक शोमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूसँग संवाद प्रस्तुत गरिँदै आएको छ। पहिलो सिजनमा शिक्षक, व्यवसायी, बैंकर, पत्रकार, चिकित्सक, समाजसेवी तथा राजनीतिज्ञलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको छ।
भोलि प्रसारण हुन लागेको दोस्रो शृङ्खलामा श्री हिमालय आधारभूत विद्यालय भरतपुर-११, जागृतिचोककी शिक्षिका तथा सह–प्राध्यापक श्रीमती सीता ढकाल अधिकारी अतिथिका रूपमा सहभागी हुनुहुनेछ। कार्यक्रममा उहाँले आफ्नो जीवन यात्रा, शिक्षण पेशामा प्रवेशदेखि हालसम्मका अनुभव, चुनौती, संघर्ष तथा उपलब्धिहरूका बारेमा खुलेर चर्चा गर्नुभएको छ।


विशेषगरी शिक्षा क्षेत्रमा बिताएका ३७ वर्षको लामो यात्राका अनुभवहरू, विद्यार्थीहरूसँगको सम्बन्ध, समयसँगै शिक्षण पद्धतिमा आएको परिवर्तन तथा समाज निर्माणमा शिक्षकको भूमिकाबारे उहाँका विचारहरू यस एपिसोडको मुख्य आकर्षण रहनेछन्। शिक्षण पेशामा समर्पित व्यक्तित्वका रूपमा उहाँले भोगेका विविध अनुभवहरू दर्शक तथा श्रोताका लागि प्रेरणादायी बन्ने विश्वास गरिएको छ।

कार्यक्रम सञ्चालन वरिष्ठ सञ्चारकर्मी तथा रेडियो होस्ट महिमा पण्डित भट्टराई ले गर्नुभएको छ।


कार्यक्रमका निर्देशक तथा एभरेष्ट प्रिस्कुलका सञ्चालक गणेश राना का अनुसार “द एभरेष्ट टक शो” शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्वहरूको ज्ञान, अनुभव र प्रेरणादायी कथालाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको हो। उहाँले यस्ता संवादमार्फत समाजमा सकारात्मक सोच र प्रेरणाको प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो।


“द एभरेष्ट टक शो” प्रत्येक शनिबार साँझ ७:०० बजे नारायणी अनलाइनमार्फत अडियो–भिडियो स्वरूपमा प्रसारण हुनेछ भने सोही दिन राति ९:०० बजे कालिका एफएम ९५.२ मेगाहर्जबाट अडियो स्वरूपमा सुन्न सकिनेछ।

शिक्षा, प्रेरणा र अनुभवलाई केन्द्रमा राखेर तयार गरिएको यस कार्यक्रमले समाजमा सकारात्मक तथा सिर्जनात्मक शैक्षिक संवाद विस्तार गर्ने अपेक्षा गरिएको छ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

भरतपुरका  २९ विषयगत सहकारी संस्था खारेज

June 18, 2026

रास्वपा महाधिवेशनः राजनीतिसँगै पर्यटनको सङ्गम बन्दै चितवन

June 17, 2026

रुद्र अधिकारी बने अरूणोदय माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष

June 17, 2026

राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

June 17, 2026

नेपाली औषधि कम्पनी एमडीएच फार्मास्युटिकल्स प्रालिलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

June 17, 2026

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

June 17, 2026

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

June 16, 2026

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

June 16, 2026

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

June 16, 2026

फिफा विश्वकप-२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

June 16, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .