इ चितवन खबर
July 13, 2026
बागलुङ। बागलुङ बजारको खानेपानी समस्या समाधान लागि लिफ्टिङ आयोजना सुरु गरेको आठ वर्ष बित्यो । अघिल्लो वर्ष नै आयोजनाको ९६ प्रतिशत काम सकिए पनि अहिलेसम्म निर्माण कम्पनीले नगर खानेपानी संस्थालाई हस्तान्तरण गर्न सकेको छैन ।
अहिले बागलुङ बजारका धारामा धमिलो पानी आउँदा स्थानीयले शुद्धीकरण नगरी पिउन सक्दैनन् । खानेपानी तथा ढल निकास विभागमार्फत काठेखोलाबाट लिफ्ट गरी बजारमा पानी ल्याउनका लागि २०७५ सालमा ठेक्का लगाएको थियो । विसं २०७७ मा सक्ने गरी ‘कन्काई, जयमाता जेभीले रु ३० करोड २६ लाखमा जिम्मा लिएको थियो । तोकेको समयमा काम नसकेपछि लागत बढेर रु ३४ करोड ६५ लाख लागत मूल्य पुयाइसकेको छ । तर निर्माण कम्पनीले अझै योजना हस्तान्तरण गर्न सकेको छैन ।
खानेपानी संस्थालाई आयोजना हस्तान्तरण नगर्दा हरेक वर्ष रु ८० लाख नोक्सानी व्यहोर्नुपरेको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष हरिबहादुर जिसीले बताउनुभयो । अहिले बागलुङ बजारमा संस्थाले दैनिक ब्लिचिङ पाउडर राखेर मात्र पानी वितरण गर्दै आएको उहाँको भनाइ छ ।
अध्यक्ष जिसीले भन्नुभयो, “बागलुङ बजारवासीले वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका छन्, पहिलेको तुलनामा अहिले नियमित पानी वितरण गर्न त सकेका छौँ तर शुद्ध पानी अझै पनि वितरण गर्न सकेका छैनौँ, लिफ्टिङ आयोजना हस्तान्तरण नहुँदा धमिलो पानी उपभोक्ताका धारामा पठाउन बाध्य छौँ ।”
यो आयोजनाका लागि अहिलेसम्म काठेखोलामा पाँच वटा पानी थिग्राउने ट्याङ्की बनाइएको छ भने पाँच लाख लिटरको एउटा र दुई लाख लिटरका दुई आरबीटी ट्याङ्की बनाइएको अध्यक्ष जिसीले जानकारी दिनुभयो । दुई वटा स्लोसेन्ट ट्याङ्की बनाइएको छ ।
नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा यो आयोजना निर्माणाधीन छ । तीस प्रतिशत लगानीको २५ प्रतिशत नगर विकास कोषको ऋण सहयोगसमेत जुटाइएको छ । यो आयोजना निर्माण नसकिए पनि उपभोक्ता समितिले वर्षमा रु ८० लाख सावा ब्याज भुक्तानी गर्दै आएको छ । यो आयोजनाबाट बागलुङ बजारमा चार हजार १०० धारा जडान भएका छन् ।
स्थानीय पिताम्बर आचार्यले बागलुङ बजारवासीले धमिलो पानी उपभोग गर्न थालेको दशकौँ भएको बताउनुभयो । कहिले खानेपानी संस्थाका कारण त कहिले निर्माण व्यवसायीको ढिलासुस्तीले गर्दा बजारवासीले शुद्ध पानी पिउन नपाएको उहाँले गुनासो गर्नुभयो । धारामा आउने पानी पिउन र सरसफाइ गर्नसमेत योग्न नभएको उहाँको भनाइ छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 01, 2026
October 01, 2026
September 30, 2026
September 30, 2026
September 30, 2026
September 29, 2026
September 29, 2026
September 28, 2026
September 28, 2026
September 26, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .