सबैभन्दा बढी वर्षा चिवतनमा

इ चितवन खबर

July 14, 2026

चिवतन।  सबैभन्दा बढी वर्षा आज चितवनमा भएको छ । पछिल्लो २४ घण्टामा चितवन नारायणगढ आसपासका क्षेत्रमा २६९ मिलिमिटर वर्षा भएको विवरण रेकर्ड भएको छ । 

    
आज राति १०ः०० बजेको विवरण अनुसार चितवनमा अहिले पनि वर्षा जारी छ । जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले राति पनि वर्षा हुने जानकारी दिनुभयो ।  

    
चितवनका अन्य केही वर्षा मापन केन्द्रमा पनि धेरै भारी वर्षा भएको छ । मनसुन भित्रिएपछि मात्रै २०० मिलिमिटरमाथि वर्षा भएको थियो । स्थानीय प्रशासनले चितवन भएर चल्ने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । 

    
विवरणअनुसार, चितवनको रामपुरमा २३२ र देवघाटमा २०९ मिलिमिटर तथा कालीखोलामा १५१ मिलिमिटर वर्षा भएको छ । यस्तै म्याग्दीको घोरेपानीमा २५८ मिलिमिटर वर्षा भएको छ । 

    
विभागको पछिल्लो विवरणमा चितवन म्याग्दीपछि नवलपुरको दुम्क्यौलीमा २१५ मिलिमिटर वर्षा भएको छ । सिन्धुली, उदयपुर र सुनसरीमा पनि १०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । 

    
यस्तै, कास्की, गुल्मी, पाल्पा, मकवानपुरको पनि त्यस्तै विवरण प्राप्त भएको छ । अहिले पनि चितवनसहित बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ । 

    
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको छ । त्यसको असर देखिएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । 

    
आज राति कोशी र बागमती प्रदेशको पहाडी र तराई भू–भागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ । यस्तै, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा पनि भारी वर्षा हुने अनुमान छ । 

    
मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    
यस्तै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

    
यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई  भू–भागका धेरै स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराईमा मेघगर्जनसहित वर्षा हुनेछ । कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमस्तरको वर्षाको सम्भावना छ ।


# चितवन खबर

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .