पूर्वी चितवनमै पहिलो बीबीए कलेज जीएसटीको ‘लन्चप्याड भोलुम–२’

इ चितवन खबर

July 20, 2026

चितवन । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पूर्वी चितवनको पहिलो बीबीए कलेज जीएसटी कलेजले प्लस टु उत्तीर्ण गरेका तथा परीक्षा दिएर नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीहरूका लागि ‘लन्चप्याड भोलुम–२’ कार्यक्रम आयोजना गर्ने भएको छ। 


कलेजले श्रावण १० गते बिहान ११ बजेदेखि होटल स्टार, रत्ननगर–१, निपनीमा आयोजना गर्न लागेको उक्त कार्यक्रममा प्लस टु पास गरेका तथा परीक्षा दिएर बसेका सम्पूर्ण विद्यार्थीहरूलाई निःशुल्क सहभागी गराइने जनाएको छ।


कलेजका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई उच्च शिक्षाको सही दिशा, करियर छनोट तथा भविष्यका अवसरबारे जानकारी गराउनु हो। कार्यक्रममा जीएसटी कलेजका शैक्षिक कार्यक्रम, अध्ययनको वातावरण, उपलब्ध सुविधा तथा बीबीए अध्ययनका अवसरबारे विस्तृत जानकारी प्रदान गरिनेछ। कार्यक्रमको विशेष आकर्षणका रूपमा ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ विषयमा प्यानल डिस्कसन राखिएको छ। उक्त छलफलमा पूर्वी चितवनका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्वहरूको सहभागिता रहनेछ, जहाँ नेपालमै गुणस्तरीय शिक्षा, युवाको भविष्य, विदेश अध्ययनको आकर्षण र स्वदेशमै अवसर सिर्जनाका विषयमा अन्तरक्रिया हुनेछ।


यसैगरी कार्यक्रममा सहभागी विद्यार्थीहरूका लागि रिफ्रेसमेन्ट, डीजे प्रस्तुति, खाजाको व्यवस्था तथा शुभकामना कार्यक्रम समेत समावेश गरिएको कलेजले जनाएको छ। कलेजका प्रिन्सिपल राजकुमार दाहालले विद्यार्थीहरूलाई उच्च शिक्षाको सही निर्णय लिन सहयोग पुग्ने भएकाले कार्यक्रममा सहभागी भई अवसरको सदुपयोग गर्न आग्रह गर्नुभएको छ। 


जीएसटी कलेजले यो कार्यक्रम विद्यार्थीहरूलाई प्रेरणा, मार्गदर्शन र करियर निर्माणको स्पष्ट दृष्टिकोण प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिएको जनाएको छ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

धानबालीमा रोग-कीराको समस्या : किसान चिन्तित

October 03, 2026

दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु

October 03, 2026

रौनक हराउँदै लमजुङका चलचित्र हल

October 02, 2026

अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

October 01, 2026

शान्ति समाज चितवन शाखाको सभापतिमा जीवन के.सी निर्वाचित

October 01, 2026

अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन : अध्यक्ष ओली

September 30, 2026

मालढुङ्गा पुलको मर्मत थालियो

September 30, 2026

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

September 30, 2026

ओम शान्ति एकेडेमीमा विद्यार्थीहरूको सहभागितामा हाट बजार कार्यक्रम सम्पन्न

September 29, 2026

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

September 29, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .