इ चितवन खबर
July 31, 2026
चितवन। यहाँको कालिका नगरपालिकाले भूमि व्यवस्थापन सेवा सुरुआत गरेको छ । जिल्लामा रहेका सात पालिकामध्ये पहिलो पटक यस पालिकाले भूमि व्यवस्थापन सेवा सुरु गरेको हो ।
नगरप्रमुख विनोद रेग्मीका अनुसार नगरपालिकाले नापनक्सा, जग्गा प्रशासन तथा विभिन्न लिखत पारितसम्बन्धी सेवा औपचारिक रुपमा थालनी गरेको हो । नेपालको संविधानले भूमि प्रशासनसम्बन्धी अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरे पनि आवश्यक पूर्वाधार र जनशक्ति अभावका कारण हालसम्म यी सेवा सङ्घीय सरकारअन्तर्गतका भूमिसुधार, मालपोत तथा नापी कार्यालयमार्फत प्रवाह हुँदै आएको थियो । आवश्यक तयारी पूरा गरेपछि कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट सेवा सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाबाट सेवा सुरू भएसँगै कालिकाका ११ वटै वडाका नागरिकले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीयस्तरमै पाउने भएका छन् । यसअघि त्यस नगरपालिकाका बासिन्दाले भरतपुरमा रहेको मालपोत र नापी कार्यालयबाट सेवा लिँदै आएका थिए । शाखा स्थापनासँगै सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै स्थानीयस्तरमै छिटो, सहज र प्रभावकारी सेवा प्रवाह हुने उहाँले बताउनुभयो ।
हालका लागि जग्गाको स्रेस्ता कायम गर्ने सेवा भने भरतपुरबाट हुनेछ । अन्य अधिकांश भूमि प्रशासनसम्बन्धी सेवा नगरपालिकाबाटै प्रदान गरिनेछ ।
भूमि प्रशासन अधिकृत रामप्रसाद अधिकारीले जग्गा धनी दर्ता प्रमाणपुर्जा, लिखत पारित, मृत्यु पछिको नामसारी, राजिनामा दस्तखत पारित, छोडपत्र लिखद पारित, बकसपत्र पारित तथा शेषपछिको लिखतबापत लगायत काम त्यही हुनेछ । जिल्लामा भरतपुरसँगै चनौली, माडी र खैरहनीमा मालपोत र नापी कार्यालयले सेवा दिँदै आएका छन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
September 30, 2026
September 30, 2026
September 28, 2026
September 26, 2026
September 25, 2026
September 25, 2026
September 23, 2026
September 23, 2026
September 22, 2026
September 22, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .