इ चितवन खबर
August 01, 2026
झापा। प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालन गर्ने विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग छलफल गरेको बताउनुभएको छ ।
सांसद रानामगरका अनुसार मन्त्रीद्वयसँग हालै मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालन, अस्पतालको पुरानो भवन मर्मत तथा स्तरोन्नति, दाह उपचार (बर्न) विभाग स्थापना, सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने तथा आवश्यक स्वास्थ्य पूर्वाधार विस्तारबारे विचारविमर्श भएको हो ।
छलफलमा झापा क्षेत्र नं २ अन्तर्गतका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा अन्य स्वास्थ्य संस्थाको पूर्वाधार विकास, सेवा विस्तार र गुणस्तर सुधारका लागि सङ्घीय सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबीच आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनेबारेमा पनि छलफल भएको उहाँले राससलाई बताउनुभयो ।
भद्रपुर नगरपालिका–८ मा स्थित २०० शय्याको मेची प्रादेशिक अस्पताल २०१५ सालमा स्थापना भएको हो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 01, 2026
August 01, 2026
August 01, 2026
July 31, 2026
July 31, 2026
July 31, 2026
July 31, 2026
July 31, 2026
July 30, 2026
July 30, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .