इ चितवन खबर
August 21, 2026
चितवन। स्टार्स मन्टेश्वरी एकेडेमीको भगिनी संस्था स्टार्स तेक्वान्दो डोजाङको आयोजना तथा नेपाल तेक्वान्दो संघको सहकार्यमा २०८३ साल ब्याचको पहिलो ग्रेडिङ टेस्ट यही भदौ ६ गते शनिबार बिहान ९:०० बजे स्टार्स मन्टेश्वरी एकेडेमी, भरतपुर–११, मालपोत चोक, चितवनमा आयोजना हुने भएको छ।
ग्रेडिङ टेस्टमा स्टार्स मन्टेश्वरी एकेडेमीको कक्षा यूकेजीमा अध्ययनरत कुल ६० जना खेलाडी नानीबाबुहरूको सहभागिता रहनेछ। हाल सेतो बेल्टमा रहेका खेलाडीमध्ये ग्रेडिङ टेस्टमा सिङ्गल प्रमोसन प्राप्त गर्ने खेलाडीले पहेंलो बेल्ट तथा डबल प्रमोसन प्राप्त गर्ने खेलाडीले पहेंलो/हरियो बेल्ट प्राप्त गर्नेछन्।
स्टार्स मन्टेश्वरी एकेडेमीले पढाइसँगै बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासका लागि अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ। यसै उद्देश्यअनुरूप विद्यालयले विगत ५ वर्षदेखि नियमित रूपमा तेक्वान्दो प्रशिक्षण सञ्चालन गर्दै आएको छ। यस अवधिमा विद्यालयका धेरै खेलाडी नानीबाबुहरूले कालो बेल्ट प्राप्त गरिसकेका छन्। साथै नेपाल तथा भारतमा आयोजना भएका विभिन्न तेक्वान्दो प्रतियोगितामा सहभागी भई विद्यालयका खेलाडीहरूले विभिन्न पदक जितेर विद्यालय तथा अभिभावकलाई गौरवान्वित बनाउन सफल भएका छन्।
विद्यालयकी को-अर्डिनेटर सोनी थापाका अनुसार तेक्वान्दो केवल खेल र प्रतिस्पर्धामा सीमित छैन। बालबालिकालाई सानै उमेरदेखि आत्मरक्षाको सीप सिकाउन पनि तेक्वान्दो अत्यन्त उपयोगी रहेको उहाँ बताउनुहुन्छ। नियमित तेक्वान्दो प्रशिक्षणले बालबालिकामा आत्मविश्वास, अनुशासन, साहस र आत्मनिर्भरताको विकास गर्नुका साथै आवश्यक परिस्थितिमा आफूलाई सुरक्षित राख्न सक्ने क्षमता विकास गर्न सहयोग पुर्याउने उहाँको भनाइ छ।
स्टार्स तेक्वान्दो डोजाङका प्रशिक्षक डिलराम परियारका अनुसार सानै उमेरदेखि तेक्वान्दो प्रशिक्षण सुरु गर्दा बालबालिकाको शारीरिक सन्तुलन, लचकता, सहनशीलता, एकाग्रता र आत्मविश्वास विकास हुन्छ। नियमित प्रशिक्षणले अनुशासन र नियमितताको बानी बसाल्नुका साथै समूहमा काम गर्ने क्षमता, आपसी सम्मान, सहकार्य र खेलभावनाको समेत विकास गर्छ। बालबालिकाको ऊर्जा सकारात्मक कार्यमा प्रयोग गर्न तथा उनीहरूलाई शारीरिक र मानसिक रूपमा सबल बनाउन तेक्वान्दो प्रशिक्षण प्रभावकारी हुने उहाँको भनाइ छ।
विद्यालयमा सोमबारदेखि शुक्रबारसम्म दैनिक एक घण्टा नियमित तेक्वान्दो प्रशिक्षण सञ्चालन हुँदै आएको छ। बालबालिकाको उमेर र क्षमताअनुसार आधारभूत शारीरिक अभ्यासदेखि विभिन्न किक, ब्लक, पुम्से तथा आत्मरक्षासम्बन्धी सीप क्रमशः सिकाइँदै आएको छ।
स्टार्स मन्टेश्वरी एकेडेमी वि.सं. २०६७ सालमा भरतपुर–११, मालपोत चोक, चितवनमा स्थापना भएको शैक्षिक संस्था हो। मन्टेश्वरी पद्धतिमा आधारित बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयले शैक्षिक उपलब्धिसँगै बालबालिकाको सर्वाङ्गीण विकासलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै आएको छ।
पढाइसँगै खेलकुद, कला, संस्कृति, जीवनोपयोगी सीप तथा विभिन्न अतिरिक्त क्रियाकलापलाई समान महत्त्व दिँदै आएको स्टार्स मन्टेश्वरी एकेडेमीले बालबालिकालाई आत्मविश्वासी, अनुशासित, सिर्जनशील र सक्षम बनाउने उद्देश्यका साथ आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आएको छ। गुणस्तरीय शिक्षा र बालबालिकाको सर्वाङ्गीण विकासप्रतिको निरन्तर प्रतिबद्धताका कारण विद्यालय अभिभावकहरूको रोजाइमा पर्दै आएको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 21, 2026
August 20, 2026
August 20, 2026
August 19, 2026
August 14, 2026
August 13, 2026
August 12, 2026
August 12, 2026
August 12, 2026
August 10, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .