इ चितवन खबर
August 26, 2026
काठमाडौँ । भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन प्रमुख सडकखण्डमा यात्रा नगर्न आग्रह गरेको छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा तत्काल यात्रा नगर्न र नगराउन भनेको हो । बाढीका कारण नदीको बहाव बढेको तथा सडकखण्डमा पहिरो, कटान र डुबानको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सम्बन्धित स्थानीय तह तथा प्रशासनलाई ती सडकखण्डमा आवतजावतमा पूर्ण रोक लगाउने व्यवस्था मिलाउन समेत आग्रह गरेको छ । जोखिमयुक्त क्षेत्रमा सवारीसाधन तथा यात्रुको आवतजावत रोक्न आवश्यक सुरक्षा तथा समन्वय गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको हो ।
भोटेकोशीमा आएको बाढीको प्रभाव त्रिशूली तथा नारायणी नदीको तटीय क्षेत्रमा समेत पर्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । प्राधिकरणले अनावश्यक यात्रा नगर्न, नदी तथा खोलाको किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
बाढी तथा पहिरोका कारण सडक अवरुद्ध हुने सम्भावना रहेकाले अत्यावश्यक अवस्थामा बाहेक उल्लिखित सडकखण्डमा यात्रा नगर्न र जोखिमयुक्त स्थानमा सवारीसाधन नरोक्न समेत प्राधिकरणले आग्रह गरेको छ । विपद्को अवस्था आएमा खोज, उद्धार तथा राहतका लागि सम्बन्धित निकायसँग समन्वय गर्न पनि अनुरोध गरिएको छ ।–
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 26, 2026
August 26, 2026
August 26, 2026
August 25, 2026
August 25, 2026
August 25, 2026
August 25, 2026
August 22, 2026
August 21, 2026
August 21, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .