मलेखुस्थित त्रिशूलीमा जलसतह उच्च

इ चितवन खबर

August 26, 2026

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीमा जलसतह बढेको छ । धादिङको मलेखुस्थित त्रिशूली नदीको जलमापन केन्द्रमा पानीको सतह सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको जल विज्ञान तथा अनुसन्धान केन्द्र,जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।


शाखाका प्रमुख विनोद पराजुलीका अनुसार मलेखुस्थित त्रिशूलीमा पानीको सतह अहिले १०.४८ मिटर पुगेको छ । उक्त स्थानमा आठ मिटर पानीको सतह पुगेपछि खतरा तह मानिन्छ ।


भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीको फुर्के (मलेखु) जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र निरन्तर बढिरहेको शाखाले जनाएको छ ।


जलसतह बढिरहेकाले नदी आसपासका डुबान भइरहने क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा त्रिशूली करिडोर हुँदै यात्रा गर्ने यात्रुलाई समेत सावधानी अपनाउन आग्रह गरिएको छ ।


नदी आसपासका बासिन्दाले नदीको बहाव बढ्दै गएको अवस्थामा सुरक्षित स्थानतर्फ जान र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचना पालना गर्न आग्रह गरिएको छ ।


वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले रसुवा तथा नुवाकोट आसपासमा आज दिउँसोदेखि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।


रसुवाको भोटेकोशी हुँदै नुवाकोट, हाल धादिङसम्म प्रवेश गरिसकेको बाढीको विपद्मा परेका सर्वसाधरणको खोज तथा उद्धारमा समस्या आउन सक्ने विभागले जानकारी दिएको छ ।


विभागका मौसमविद् सञ्जीव अधिकारीले रसुवा तथा नुवाकोट जिल्ला आसपासमा वर्षाको सम्भावना रहेको जानकारी दिँदै उच्च सतर्कता अपनाउन आग्ह गर्नुभएको छ ।


“यी जिल्ला मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले भोटेकोशी बाढीमा पर्ने सर्वसाधरणको उद्धारका लागि समस्या आउनसक्छ । ”, उहाँले भन्नुभयो ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

भोटेकोशी बाढी : सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन

August 26, 2026

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

August 26, 2026

बाढीको जोखिमपछि तीन प्रमुख सडकखण्डमा यात्रा नगर्न आग्रह

August 26, 2026

संचारकर्मी बिना “एभरेस्ट एक्सिलेन्ट अवार्ड” बाट सम्मानित

August 25, 2026

भदौ २५ गते डल्फिन फनपार्कमा “लुलु लेडिज ब्यूटी पार्लर तीज विशेष कार्यक्रम”, राजु परियार र शिला आले आउने

August 25, 2026

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

August 25, 2026

विराटनगरमा सुशील कोइराला फाउण्डेशनको दिदीबहिनी तीज मिलन कार्यक्रम हुने

August 25, 2026

अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट

August 22, 2026

स्टार्स मन्टेश्वरी एकेडेमी भरतपुरमा ६० खेलाडीको उत्साहपूर्ण सहभागितामा २०८३ को पहिलो ग्रेडिङ टेस्ट हुँदै

August 21, 2026

भरतपुर धाउनुपर्ने बाध्यता हटाउँदै बकुलहर रत्ननगर अस्पताल

August 21, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .