चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

इ चितवन खबर

August 29, 2026

चितवन । रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव समाधिस्थ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले शवहरू दुर्गन्धित बन्दै गएपछि सङ्क्रमण फैलिन नदिन समाधिस्थ गर्ने निर्णय गरेको हो ।

    
जिल्लामा नारायणी र त्रिशूली नदी किनारबाट सङ्कलित २३३ शवमध्ये चार वटाको मात्रै पहिचान भएको छ भने बाँकी २२९ शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएका प्रमुख जिल्ला अधिकारी  गणेश अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशासनका अनुसार होल्डिङ सेन्टर, स्वास्थ्य संस्थाहरू तथा नदी तटबाट सङ्कलन गरिएका शव र शवका अवशेषहरू सड्न थालेका छन् । तीमध्ये केही शव अब पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन् ।

    
तत्कालीन व्यवस्थापकीय प्रबन्धमार्फत राखिएका शवहरू दुर्गन्धित बन्दै गएपछि स्वास्थ्य सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोखिम रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूको रायअनुसार जिल्ला सुरक्षा समितिको बैठकले शव जमिनमुनि गाडिने निर्णय गरेको प्रजिअ अर्यालले बताउनुभयो ।

    
प्रशासनले पहिचान नभएका र बेवारिसे शवलाई सम्मानजनक, सुरक्षित तथा कानुनी रूपमा व्यवस्थापन गरिने जनाएको छ । प्रशासनद्वारा आज जारी सूचनामा भनिएको छ, “सम्भावित सङ्क्रमणको जोखिमबाट बच्न बाध्यात्मक विकल्पका रूपमा जिल्ला सुरक्षा समिति चितवनको आजको निर्णयअनुसार ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम ती शवको जमिनमा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।”
 
    
निर्णयअनुसार सबै शवको डिएनए नमुना सङ्कलन गरी सङ्केत नम्बरका आधारमा अभिलेख राखिनेछ । त्यसपछि आजदेखि भरतपुर महानगरपालिका-१ देवघाटस्थित खुला स्थानमा शव व्यवस्थापन गरिने प्रशासनले जनाएको छ ।
 
    
जिल्ला प्रशासन कार्यालयले शोकको यस विषम परिस्थितिमा प्रस्तुत निर्णयलाई सकारात्मक रूपमा लिँदै सहयोग, समन्वय तथा सूचना सम्प्रेषण गरिदिन सम्बन्धित सबैसँग आग्रह गरेको छ । असाधारण परिस्थितिबाट सिर्जित अवस्थाका कारण पीडित परिवारलाई पर्न गएको असुविधाप्रति प्रशासनले क्षमायाचनासमेत गरेको छ ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

पहिचान हुन नसकेका शवको देवघाटमा व्यवस्थापन गरिँदै

August 30, 2026

भोटेकोशी बाढी : मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

August 30, 2026

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

August 29, 2026

प्रकृतिका लागि सीमा छैन : विश्वव्यापी जलवायु संकटको अग्रपंक्तिमा नेपाल

August 29, 2026

गीतानगरमा एकदिने निःशुल्क आँखा शिविर हुँदै

August 28, 2026

विपद्को समयमा अग्रपंक्तिमा खटिन एम्बुलेन्स चालकलाई संयुक्त संघको अपिल

August 27, 2026

चितवनमा शवको खोजी, पहिचान तथा व्यवस्थापन

August 27, 2026

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

August 27, 2026

भोटेकोशी बाढी : सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन

August 26, 2026

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

August 26, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .