रसुवा बाढीपीडितको सहयोगार्थ फोर्ब्स कलेजमा भोलि रक्तदान कार्यक्रम आयोजना हुने

इ चितवन खबर

August 31, 2026

चितवन । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको सहयोगका लागि फोर्ब्स कलेज, भरतपुर–२, क्षेत्रपुर, चितवनले विशेष रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। मानवीय सहयोग र सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात् गर्दै कलेजले “For Humanity, For Rasuwa” अभियान अन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो।

 

कलेज परिसरमा २०८३ साल भदौ १६ गते मंगलबार बिहान ७ बजे कार्यक्रम आयोजना हुनेछ। बाढीका कारण प्रभावित तथा घाइतेहरूको उपचारमा आवश्यक पर्ने रगतको उपलब्धता सहज बनाउन सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको कलेजले जनाएको छ।

 

प्राकृतिक विपद्को समयमा पीडितहरूको जीवनरक्षाका लागि रगतको महत्वपूर्ण भूमिका रहने भएकाले रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिइएको छ। “Your single act of kindness can be someone’s second chance at life” भन्ने सन्देशसहित आयोजना हुन लागेको कार्यक्रममा कलेजका विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक, पूर्वविद्यार्थी तथा रक्तदान गर्न योग्य सम्पूर्ण शुभेच्छुकहरूलाई सहभागी हुन आह्वान गरिएको छ।

 

फोर्ब्स कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न मानवीय तथा सामाजिक अभियानमा सक्रिय सहभागिता जनाउँदै आएको जनाउँदै यस कार्यक्रमलाई पनि सहयोग र एकताको अभियानका रूपमा अघि बढाउन लागेको जनाएको छ। “रक्तदान गरौँ, जीवन बचाऔँ; रसुवाका पीडितसँग एकजुट बनौँ र आशा जगाऔँ” भन्ने सन्देशसहित कलेजले सम्पूर्ण चितवनवासीलाई कार्यक्रममा सहभागी भई मानवीय सेवामा योगदान पुर्‍याउन आग्रह गरेको छ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

August 31, 2026

वरिष्ठ गायक आनन्द कार्कीले दैवी प्रकोप उद्धार कोषमा गरे आर्थिक सहयोग

August 31, 2026

भोटेकोशी बाढी : मानवीय क्षति ९०३, चार हजार भन्दा बढी सम्पर्क विहीन

August 31, 2026

पहिचान हुन नसकेका शवको देवघाटमा व्यवस्थापन गरिँदै

August 30, 2026

भोटेकोशी बाढी : मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

August 30, 2026

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

August 29, 2026

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

August 29, 2026

प्रकृतिका लागि सीमा छैन : विश्वव्यापी जलवायु संकटको अग्रपंक्तिमा नेपाल

August 29, 2026

गीतानगरमा एकदिने निःशुल्क आँखा शिविर हुँदै

August 28, 2026

विपद्को समयमा अग्रपंक्तिमा खटिन एम्बुलेन्स चालकलाई संयुक्त संघको अपिल

August 27, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .