इ चितवन खबर
March 11, 2025
काठमाडौँ । फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई प्रहरीले पक्राउ गरेको छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले मानवताविरुद्धको अपराधको आरोप लगाउँदै उनीविरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो । हङकङबाट फर्किएपछि फिलिपिन्सको राजधानी मनिला विमानस्थलमा प्रहरीले डुटेर्टेलाई पक्राउ गरेको हो ।
सन् २०१६ देखि २०२२ सम्म फिलिपिन्सको राष्ट्रपति रहँदा डुटेर्टेले लागूऔषध विरोधी कारबाहीको नेतृत्व गरेका थिए, जसमा हजारौंको मृत्यु भएको थियो ।
यसअघि, आफ्नो सम्भावित गिरफ्तारीको बारेमा, उनले आफू जेल जान तयार रहेको बताएका थिए । फिलिपिन्समा मानव अधिकारका लागि अन्तर्राष्ट्रिय गठबन्धनले गिरफ्तारीलाई 'ऐतिहासिक क्षण' भनेको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
May 11, 2026
August 30, 2025
August 26, 2025
August 23, 2025
August 13, 2025
July 30, 2025
July 21, 2025
June 13, 2025
June 11, 2025
May 09, 2025
May 19, 2026
May 15, 2026
May 15, 2026
May 14, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .