इ चितवन खबर
March 28, 2025
काठमाडौं । चलचित्र विकास बोर्डको नयाँ सदस्यका रूपमा सन्तोष बाबु लोहनीलाई नियुक्त गरिएको छ।
लामो समयदेखि नेपाली चलचित्र, टेलिभिजन तथा समाजसेवामा संलग्न लोहनीलाई बोर्डमा बिहीबार नियुक्त गरिएको हो। उनलाई सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बोर्ड सदस्यमा नियुक्ति दिएका हुन्।
लोहनीले २०४९ सालबाट चलचित्र अपमानमा नायकको भूमिकादेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहँदै विभिन्न चलचित्र तथा टेलिभिजन कार्यक्रमहरूमा अभिनय, निर्देशन तथा निर्माण गरेका छन्।
उनले ‘अपमान’ र ‘जय विजय’जस्ता चलचित्रहरूमा मुख्य भूमिका निभाएका थिए भने ‘नारी, द वुमन’, ‘हलो नेपाल’, र ‘कोइराला, मानवताका लागि’ जस्ता चर्चित टेलिभिजन कार्यक्रमहरूमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन्।
नवनियुक्त सदस्य लोहनीले चलचित्र विकास बोर्डमा रहेर नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन, नीति निर्माण र डिजिटल माध्यममार्फत चलचित्रको विश्वव्यापी प्रचार-प्रसारका लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
लोहनी हाल चलचित्र विकास बोर्ड अन्तर्राष्ट्रिय चलचित्र प्रवर्द्धन समितीको सदस्यसमेत रहेका छन्।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले लोहनीलाई शुभकामना दिँदै बोर्डको कार्यक्षेत्रमा उनको अनुभव र योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 09, 2026
February 02, 2026
January 09, 2026
December 14, 2025
October 25, 2025
October 19, 2025
October 12, 2025
October 09, 2025
October 01, 2025
July 15, 2025
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .