वरिष्ठ गायक आनन्द कार्की भारतको शान्तिवनमा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित

इ चितवन खबर

October 25, 2025

भारत । नेपाली सांगीतिक क्षेत्रका चर्चित सदावहार बरिष्ठ गायक आनन्द कार्की भारतको शान्तिवनमा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । नेपाली सांगीतिक धरातलमा विगत लामो समयदेखि आफूलाई अग्रस्थानमा राख्दै आएका नेपाली र हिन्दी दुवै भाषाका गीत तथा गजलहरूमा विगत चार दशकदेखि पुर्‍याएको विशेष योगदानको कदर गर्दै उनलाई भारतमा आयोजित ‘ग्लोबल समिट २०२५’ मा सम्मान गरिएको हो। शुभ दीपावली पर्वको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा विश्वभरका नेताहरू, कलाकारहरू र चिन्तकहरूको उपस्थिति थियो।


गायक कार्कीले नेपालसहित विभिन्न देशमा सांगीतिक कन्सर्टहरू मार्फत नेपाली गीत-संगीतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। भारतमा पनि उनले थुप्रै सांगीतिक कार्यक्रममा प्रस्तुति दिइसकेका छन्। उनको यही योगदानको कदर गर्दै ग्लोबल समिटको आयोजक पक्षले उनलाई सम्मान प्रदान गरेको हो।


सम्मान ग्रहणपछि काठमाडौँ फर्केका गायक कार्कीले आफूलाई यो सम्मानले निकै गर्वको अनुभूति दिएको बताए। उनले खुसी व्यक्त गर्दै भने, “आयोजक संस्था र सम्पूर्ण टिमप्रति हार्दिक आभार सहित गहिरो सद्भाव व्यक्त गर्दछु। सम्पुर्ण दर्शक-स्रोताहरूको माया र साथले गर्दा नै यो सम्मान पाउन सफल भएको छु ।”


# चितवन खबर # मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

रौनक हराउँदै लमजुङका चलचित्र हल

October 02, 2026

मौसम खुल्यो, ‘आचार्य’ले देखायो आशा, झरीका बीच पहिलो दिन दर्शकको उल्लेख्य साथ

September 26, 2026

वरिष्ठ गायक आनन्द कार्कीले दैवी प्रकोप उद्धार कोषमा गरे आर्थिक सहयोग

August 31, 2026

भदौ २५ गते डल्फिन फनपार्कमा “लुलु लेडिज ब्यूटी पार्लर तीज विशेष कार्यक्रम”, राजु परियार र शिला आले आउने

August 25, 2026

विराटनगरमा सुशील कोइराला फाउण्डेशनको दिदीबहिनी तीज मिलन कार्यक्रम हुने

August 25, 2026

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

April 09, 2026

बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण

February 02, 2026

मेला महोत्सवमा गायिका कला लम्सालको व्यस्तता

January 09, 2026

बढ्दो उमेरले अनुभवी बनाएको छ : अभिनेत्री बसुन्धरा भुसाल

December 14, 2025

बोर्डद्वारा चलचित्रकर्मीलाई परिचयपत्र वितरण

October 19, 2025

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .