रेडक्रस जिल्ला शाखाबाट ओम शान्ति एकेडेमीका प्राचार्य श्रेष्ठ सम्मानित

इ चितवन खबर

March 30, 2025

चितवन । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनले चितवनको भरतपुर–१० मा रहेको ओम शान्ति एकेडेमीका प्राचार्य टेकबहादुर श्रेष्ठलाई सम्मानित गरेको छ । शाखाको ५३औँ वार्षिक साधारणसभाका क्रममा श्रेष्ठलाई प्रसंशापत्र सहित सम्मानित गरिएको हो ।विद्यालयमा युवा रेडक्रस सर्कल गठन गरेर मानवीय सेवाको उच्चतम भावनाबाट अभिप्रेरित भई काम गरेको भन्दै सर्कलका संरक्षक समेत रहनु भएका श्रेष्ठलाई सम्मान गरिएको हो । 

 


रेडक्रस सोसाइटी चितवन शाखाद्वारा सञ्चालित विभिन्न गतिविधिहरुमा महत्वपूर्ण योगदान पुर्याइएको भन्दै प्राचार्य श्रेष्ठलाई शाखाको ५३ औँ वार्षिक साधारणसभाका क्रममा सम्मानित गरिएको हो । उहाँलाई उत्कृष्ट प्राचार्य एवम् सर्कलको उत्कृष्ट संरक्षकको रुपमा प्रतिनिधिसभा सदस्य अञ्जनी श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरिप्रसाद पौडेल, मन्त्री राममणि खनाललगायतले सम्मानपत्रद्वारा सम्मानित गर्नुभएको थियो । 

 


त्यसैगरी साधारणसभाका क्रममा रत्ननगर उपशाखाका सभापति स्व.गोविन्द श्रेष्ठलाई मरणोपरान्त सम्मान गरिएको छ । त्यस्तै, नेरेसो पिप्ले उपशाखाका निवर्तमान सभापति रामबहादुर लामिछाने, नेरेसो जगतपुर उपशाखाका पूर्वसभापति पदमप्रसाद भूषाल, नेरेसो अयोध्यापुरी उपशाखाका पूर्वसभापति सूर्यनाथ अधिकारी, नेरेसो वीरेन्द्रनगर उपशाखाका निवर्तमान सभापति हरिशरण डल्लाकोटी, नेरेसो नारायणपुर उपशाखाका डिल्लीराम लामिछाने, नेरेसो गीतानगर उपशाखाका निवर्तमान सभापति डोलनाथ अधिकारी (राम), नेरेसो जुटपानी उपशाखाका पूर्वसभापति लीलाबहादुर गुरूङलाई सम्मान गरिएको छ । 

 


त्यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका उपशाखाहरुमध्ये वार्षिक गतिविधि एवं प्रतिवेदनका आधारमा प्रथम हुने नेपाल रेडक्रस सोसाइटी कृष्णपुर र नारायणपुर उपशाखा, द्वितीय हुने नेपाल रेडक्रस सोसाइटी जुटपानी र चनौली उपशाखा, तृतीय हुने नेपाल रेडक्रस सोसाइटी वीरेन्द्रनगर र कल्याणपुर उपशाखा पुरस्कृत भएका छन् । त्यस्तै, जिल्लास्तरीय कार्यक्रम आयोजना गर्ने उपशाखामध्ये जिल्लास्तरीय नगद तथा भौचर अभिमुखीकरण एवम् लेखा व्यवस्थापन तालिमको आयोजक उपशाखा कृष्णपुर, जिल्लास्तरीय उपशाखा गोष्ठी सम्पन्न गर्ने बछ्यौली उपशाखा र सर्कलस्तरीय कार्यक्रममध्ये जिल्लास्तरीय शिक्षक नायक गोष्ठी गर्ने बुद्धशान्ति मावि पिप्लेलाई सम्मान गरिएको थियो ।

 


यसैगरी, जुनियर/युवा सर्कल मूल्यांकनमा प्रथम नेयुरेस उषा इङ्लिस बोर्डिङ स्कुल मंगलपुर, द्वितीय नेयुरेस एकता शिशु निकेतन रत्ननगर, तृतीय भद्रकुमारी आधारभूत विद्यालय गुलाफबाग र उत्कृष्ट युवा सर्कलमा नेयुरेस कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर, उत्कृष्ट शिक्षक नायकमा बालकुमारी माविकी मीना अधिकारी, विद्याज्योति इङ्लिस बोर्डिङ स्कुल बरुवाकी शान्ता देवकोटा चौधरी, उत्कृष्ट प्राचार्य÷संरक्षकको रुपमा टेकबहादुर श्रेष्ठ ओम शान्ति एकेडेमी भरतपुर, रत्ननगरमा रक्तसञ्चार युनिट स्थापनार्थ रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटा र नेपाल पत्रकार महासंघ चितवनलाई सम्मानित गरिएको थियो ।

 


सो अवसरमा यसवर्ष उपशाखाहरुको निर्वाचन सम्पन्न गर्नेे निर्वाचन अधिकारीहरु महेश्वर थपलिया, दीपककुमार खड्का, कुमारप्रसाद थपलिया, चन्द्रकान्त न्यौपाने, बालकुमार श्रेष्ठ, वसन्तकुमार पौडेल, रामकृष्ण अधिकारी, जीवाखर ढकाल, हरिराज अर्याल, राजन रेग्मी, राजु खनाल, कुलानन्द भूषाल, नवीनराज तिवारीलाई सम्मान गरिएको छ । सो कार्यक्रममा भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी, रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललगायतले रेडक्रसको काम र कर्तव्यको बारेमा चर्चा गर्नुभएको थियो । 

 


शाखा सभापति हरिप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद अञ्जनी श्रेष्ठ प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । उपसभापति रत्नप्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन मन्त्री राममणि खनाल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष विजयराज खनालले प्रस्तुत गर्नुभएको थियो ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( १००% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

स्टार्स मन्टेश्वरी एकेडेमी भरतपुरमा ६० खेलाडीको उत्साहपूर्ण सहभागितामा २०८३ को पहिलो ग्रेडिङ टेस्ट हुँदै

August 21, 2026

भरतपुर धाउनुपर्ने बाध्यता हटाउँदै बकुलहर रत्ननगर अस्पताल

August 21, 2026

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

August 20, 2026

सुनचाँदीको मूल्य ह्वात्त बढ्यो

August 20, 2026

संघर्षबाट सफलतासम्म : कल्पना गुरुङको प्रेरणादायी यात्रा

August 19, 2026

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

August 14, 2026

सक्रिय मनसुनः यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

August 13, 2026

ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना

August 12, 2026

शिक्षा, स्वास्थ्य र कृषिका परियोजनामा भारतको ८० करोड सहयोग

August 12, 2026

कालीगण्डकीको कटानले जोखिममा पुल

August 12, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .