मैले रेलको कुरा गर्दा उडाउँथे, अहिले जनकपुरमा चल्याे त, सपना देख्नु पर्छ : प्रधानमन्त्री

इ चितवन खबर

April 08, 2025

जनकपुर, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिइ लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन आग्रह गरेका छन ।

 


मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडी अरु अधिकारको कुनै अर्थ नहुने स्पष्ट गर्दै विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आव्हान गरेका हुन् । 

 

“सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था हाम्रो उपलब्धि हो । यो उपलब्धिलाई केवल राजनीतिक उपलब्धिका मात्रै होइन जनताको सङ्घर्षबाट प्राप्त भएको उपलब्धिका रुपमा लिनुपर्छ । त्यसकारण हाम्रा प्रयासहरु जनताको सेवामा समर्पित हुनुपर्छ । परिपूर्ण लोकतन्त्रका लागि हामीले काम गर्नुपर्छ ।”, प्रधानमन्त्री ओलीले भने,  “जनताले परिवर्तनको उपलब्धि आफ्नो पेट, आफ्नो आङ र सन्ततिको हितमा खोज्छ । त्यसकारण हामीले जनताको जीवनमा लोकतन्त्र दिनुपर्छ । सम्पूर्ण सामाजिक जीवनमा लोकतन्त्र फुलाउनु पर्छ । त्यसका लागि समाजलाई विकास र सुशासनको गतिमा लानैपर्छ ।”


प्रधानमन्त्री ओलीले मधेश प्रदेशको सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव अत्यन्त सुन्दर पक्ष भएको उल्लेख गर्दै यहाँका अनुशासित, चेतनशील तथा विकासप्रेमी नागरिकले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान कायम गर्न पु¥याएको योगदानको उच्च प्रशंसा गरेका छन ।


संविधानले प्रदेशलाई स्वायत्तता प्रदान गरेको र यो स्वायत्तताको सही उपयोग गर्न सबैको दायित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सङ्घ, प्रदेश र स्थानीय तह बिचको समन्वय, नीति निर्माण र विकासका कार्यहरूलाई प्रभावकारी बनाउन प्रदेश सरकारको विशेष भूमिका रहने बताए।


प्रधानमन्त्री ओलीले मधेश प्रदेश सम्भावनै सम्भावनाहरूको उर्बर भूमि कृषिका लागि उपयुक्त हुने र चुरेक्षेत्र जडिबुटी, जङ्गलदेखि पानीको अपार स्रोत रहेको जनाउनुुभयो । उहाँले सुनकोसी डाइभर्सन आयोजनाजस्ता कार्यक्रमले मधेसमा सिँचाइ भई राष्ट्रिय उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र यस पहडा र तराईबीचको एकताभाव सृजना गर्ने बताए ।

 

प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्र, पेट्रोलियम पाइपलाइन, रेलमार्ग, एसियन हाइवे, हुलाकी सडक, दूतमार्ग, रामराजाप्रसाद सिंह अस्पताल मधेशको विकास र समृद्धिको आधार भएकाले आइसिपी तथा प्रमुख भन्सार नाका विरगंजलाई आर्थिक केन्द्र तथा प्राचीन शहर जनकपुरधामलाई सांस्कृतिक पर्यटनको आधारको रुपमा विकास गर्न सकिने बताए । 

 

आफूले रेलमार्गका कुरा गर्दा नपत्याएर विरोध गरेको स्मरण गर्दै उनले अहिले जनकपुरमा रेल यात्रा सहज भएकाले गर्न चाहदा खेरि गर्न नसकिने केही कुरा नभएको स्पष्ट गरे । “प्रतिपक्ष रचनात्मक रहोस् । सरकारले पनि प्रतिपक्षलाई साथमै लिएर जाने सोच बनाओस् र यो प्रदेशलाई मुलुककै नमुना प्रदेश बनाउन सकियोसे ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “उचित नीति बनाएर तद्अनुसार एकता र एकरुपताका साथ काम गर्न म आव्हान गर्दछु । यहाँको विकासका काममा सङ्घीय सरकारको सक्दो साथ रहनेछ ।”

 

प्रधानमन्त्री ओलीले राजर्षि जनक, माता सीता, महर्षि परशुराम, महाकवि विद्यापतिजस्ता विभुति र विद्वान एवं छिन्नमस्ता, गढीमाइलगायत देवदेवीहरुको भूमि रहेको मधेस प्रदेशमा ती पुर्खाका ज्ञान र गौरवलाई स्मरण गर्दै प्राप्त उपलब्धि र अबको आधुनिक विकासमा लाग्नुपर्नेमा जोड दिए ।

 

उनले सदुपयोग नहुने भएकाले अब सरकारले नगद बाँड्ने कुरालाई प्रोत्साहन नगर्ने बताउँदै पशुपालन र उपकरण र औजारका लागि अनुदान दिने नीतिमा जानु पर्नेमा जोड दिए ।


# चितवन खबर # राजनीति # अर्थ खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

अर्थ मन्त्रीले प्रस्तुत गरे आर्थिक सर्बेक्षण

May 29, 2025

दुई महिनाका लागि काठमाडौँका यी ठाउँमा निषेधाज्ञा

March 11, 2025

भूमिसम्बन्धि अध्यादेशबाट पछि हट्यो सरकार

March 04, 2025

जापानका व्यवसायीलाई नेपालमा थप लगानी गर्न अर्थमन्त्रीको आग्रह

February 27, 2025

उर्जामन्त्रीलाई कुलमानको जवाफ- उर्जा मन्त्रालयले मलाई स्पष्टीकरण सोध्ने अधिकार छैन

February 27, 2025

कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण

February 25, 2025

शिक्षा मन्त्रालयको छात्रवृत्तिका लागि आवेदन दिनेको कमी, प्रधानमन्त्री ओलीको छिटो आवेदन दिन आह्वान

February 25, 2025

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो, दुई चरणको काम थालि सक्यौं : मन्त्री पौडेल

February 24, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .