इ चितवन खबर
May 24, 2025
चितवन। भरतपुर १० मा रहेको अर्किड स्कूलद्वारा आयोजित अन्तरविद्यालय स्तरीय Spelling Bee प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रमकमा चितवन जिल्ला भित्रका ४२ वटा विद्यालयका कुल ८४ जना विधार्थीहरूको उत्साहपूर्वक सहभागि रहेको थियो ।
अन्तरविद्यालय स्तरीय Spelling Bee प्रतियोगितामा सहभागी विद्यालय मध्येबाट पहिलो स्थान रत्ननगर–१६ स्थित भानु मेमोरियल इङ्गलिस स्कूलले हासिल गरेको छ भने दोस्रो स्थान भरतपुर–२५ स्थित मदरल्यान्ड इङ्गलिस स्कूलले र तेस्रो स्थान भरतपुर–५ स्थित अर्बिट युनिक इङ्गलिस स्कूलले प्राप्त गरेको छ ।
कार्यक्रममा विद्यार्थीहरूमा अंग्रेजी शब्दकोषको ज्ञान अभिवृद्धि गर्ने, आत्मविश्वास बढाउने र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्य रहेको थियो । कार्यक्रमको सभापतित्व विद्यालयका प्रबन्ध निर्देशक आकाश पौडेलले गर्नु भएको थियो भने विद्यालय सह-प्राचार्य पुरुषोत्तम दुवाडीले कार्यक्रममा सहभागि विद्यार्थीहरूलाई स्वागत गर्नु भएको थियो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
June 16, 2025
June 14, 2025
June 14, 2025
June 14, 2025
June 14, 2025
June 13, 2025
June 13, 2025
June 12, 2025
June 12, 2025
June 11, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .