इ चितवन खबर
May 24, 2025
चितवन। भरतपुर १० मा रहेको अर्किड स्कूलद्वारा आयोजित अन्तरविद्यालय स्तरीय Spelling Bee प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रमकमा चितवन जिल्ला भित्रका ४२ वटा विद्यालयका कुल ८४ जना विधार्थीहरूको उत्साहपूर्वक सहभागि रहेको थियो ।
अन्तरविद्यालय स्तरीय Spelling Bee प्रतियोगितामा सहभागी विद्यालय मध्येबाट पहिलो स्थान रत्ननगर–१६ स्थित भानु मेमोरियल इङ्गलिस स्कूलले हासिल गरेको छ भने दोस्रो स्थान भरतपुर–२५ स्थित मदरल्यान्ड इङ्गलिस स्कूलले र तेस्रो स्थान भरतपुर–५ स्थित अर्बिट युनिक इङ्गलिस स्कूलले प्राप्त गरेको छ ।
कार्यक्रममा विद्यार्थीहरूमा अंग्रेजी शब्दकोषको ज्ञान अभिवृद्धि गर्ने, आत्मविश्वास बढाउने र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्य रहेको थियो । कार्यक्रमको सभापतित्व विद्यालयका प्रबन्ध निर्देशक आकाश पौडेलले गर्नु भएको थियो भने विद्यालय सह-प्राचार्य पुरुषोत्तम दुवाडीले कार्यक्रममा सहभागि विद्यार्थीहरूलाई स्वागत गर्नु भएको थियो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 21, 2026
August 20, 2026
August 20, 2026
August 19, 2026
August 14, 2026
August 13, 2026
August 12, 2026
August 12, 2026
August 12, 2026
August 10, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .