इ चितवन खबर
July 01, 2025
काठमाडाैं । चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ। बाेर्डले स्थापनाकाे २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई बिशेष कार्यक्रमकाे अायाेजना गरी सम्मान गरेको हो।
स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम गर्दै २५ फिल्मका निर्मातालाई सम्मान प्रदान गरेकाे छ। जसमा धेरै कमाउनेकाे पहिलाे नम्बरमा ‘पूर्ण बहादुरको सारङ्गी’ परेकाे छ भने अन्तिममा २५ मा ‘पशुपति प्रसाद २-भष्मे डन’ रहेकाे छ। सरकारले बिकास बाेर्ड स्थापना भएकाे २५ बर्षकाे अवसरमा असार १५ लाइ राष्ट्रिय चलचित्र दिवसकाे रूपमा मनाउने निर्णय पनि हालै गरेकाे छ ।
यस्तो छ सम्मान पाउने फिल्मको सूची र कमाइ :
१. पूर्ण बहादुरको सारङ्गी (४६ करोड ८७ लाख)
२. कबड्डी ४ (२१ करोड ४० लाख)
३. १२ गाउँ (१९ करोड ९२ लाख)
४. छक्का पञ्जा ४ (१७ करोड ५३ लाख)
५. जारी (१७ करोड ४८ लाख)
६. छक्का पञ्जा (१६ करोड १० लाख)
७. महाजात्रा (१५ करोड ६७ लाख)
८. छक्का पञ्जा ५ (१५ करोड २० लाख)
९. कोहिनुर (१४ करोड ७५ लाख)
१०. छक्का पञ्जा २ (१४ करोड ५१ लाख)
११. शत्रु गते (१२ करोड ६५ लाख)
१२. ऊनको स्वीटर (१० करोड ६२ लाख)
१३. कबड्डी २ (१० करोड ३५ लाख)
१४. बोक्सीको घर (१० करोड १० लाख)
१५. छ माया छपक्कै (९ करोड ९२ लाख)
१६. दिमाग खराब (८ करोड ९८ लाख)
१७. अञ्जिला (८ करोड ८३ लाख)
१८. परदेशी २ (७ करोड ९२ लाख)
१९. छक्का पञ्जा ३ (७ करोड ८३ लाख)
२०. प्रेम गीत ३ (७ करोड ६३ लाख)
२१. कबड्डी कबड्डी कबड्डी (७ करोड ५९ लाख)
२२. पुजार सार्की (७ करोड ३८ लाख)
२३. महापुरूष (७ करोड ३५ लाख)
२४. कबड्डी (७ करोड ३४ लाख)
२५. पशुपति प्रसाद २–भष्मे डन (७ करोड ३२ लाख)
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 25, 2025
October 19, 2025
October 12, 2025
October 09, 2025
October 01, 2025
July 15, 2025
July 11, 2025
June 26, 2025
May 30, 2025
May 29, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .