इ चितवन खबर
July 23, 2025
नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चैते धानको उत्पादनमा वृद्धि भएको छ । नवलपुरमा चैते धानको उत्पादकत्व बढेर आर्थिक वर्ष २०८१/८२ मा प्रतिहेक्टर छ दशमलव तीन मेट्रिक टन पुगेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा चैते धानको उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलव नौ मेट्रिक टन रहेकामा आव २०७९/८० मा प्रतिहेक्टर छ मेट्रिक टन रहेको थियो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत विश्वास काफ्लेले जिल्लामा चैते धानको उत्पादकत्वसँगै उत्पादनमा वृद्धि भएको जानकारी दिनुभयो । जिल्लामा पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा चैते धानको उत्पादनमा वृद्धि देखिएको उहाँको भनाइ छ ।
आव २०७९/८० मा ६ हजार १२३ मेट्रिक टन धान उत्पादन भएकामा २०८०/८१ मा ६ हजार २४४ मेट्रिक टन तथा आव २०८१/८२ मा सात हजार ५३ मेट्रिक टन धान उत्पादन भएको काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार चैते धानखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । पर्याप्त सिँचाइ, अनुदानको व्यवस्था, उत्पादकत्वमा वृद्धि, रोग कीराको प्रकोप न्यून, अनुकूल मौसम, मलबीउको न्यून अभावलगायत कारण किसान चैते धानतर्फ आकर्षित भएका सूचना अधिकारी काफ्लेले बताउनुभयो ।
जिल्लामा आव २०७९/८० मा एक हजार १० हेक्टर, आव २०८०/८१ मा एक हजार ५३ हेक्टर तथा आव २०८१/८२ मा एक हजार एक सय २० हेक्टरमा चैते धानको खेती गरिएको थियो ।
यसैबीच, जिल्लामा बर्खे धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये साउन ६ गतेसम्म १५ हजार १३ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको काफ्लेले जानकारी दिनुभयो । जिल्लामा यस वर्ष १८ हजार सात सय २० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको उल्लेख गर्दै सूचना अधिकारी काफ्लेले नवलपुरमा धान रोपाइँ हुने क्षेत्रफलको करिब ८० दशमलव दुई प्रतिशत भागमा रोपाइँ सकिएको बताउनुभयो । नेपालमा मनसुन चाँडो भित्रिएको भनिए पनि यहाँ नियमित वर्षा हुन नसक्दा धान रोपाइँ ढिलाइ भएको उहाँको भनाइ छ ।
नियमित वर्षा भएको अवस्थामा साउन २० गतेसम्म जिल्लामा रोपाइँ सकिने उहाँले जानकारी दिनुभयो । जिल्लामा धानखेती हुने कुल क्षेत्रफलको करिब ५५ प्रतिशत भागमा मात्र सिँचाइ सुविधा पुगेको छ । “जिल्लामा ट्युबबेल भएका ठाउँमा रोपाइँ सकिएको छ”, उहाँले भन्नुभयो, “कुलो र अकासे पानीका भरमा रोपाइँ हुने ठाउँमा धान रोप्नै बाँकी छ ।” मनसुनी वर्षा राम्रोसँग नभएकाले जमिनमा मूल नफुट्दा कुलो सञ्चालन हुन ढिलाइ भएको उहाँले बताउनुभयो । जिल्लामा अघिल्लो आव २०८१/८२ मा जम्मा १८ हजार सात सय १६ हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिएकामा ७१ हजार एक सय २० मेट्रिक टन उत्पादन भएको सूचना अधिकारी काफ्लेले बताउनुभयो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 21, 2026
August 20, 2026
August 20, 2026
August 19, 2026
August 14, 2026
August 13, 2026
August 12, 2026
August 12, 2026
August 12, 2026
August 10, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .