इ चितवन खबर
July 24, 2025
काठमाडौँ। नेपाल चिकित्सक सङ्घले सरकारसँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको निर्देशनमा गत असार २४ गते सरकारले सङ्घसँग गरेको उपभोक्ता संरक्षण ऐनलगायत विद्यमान कानुनी तथा नीतिगत व्यवस्था संशोधनका लागि तीन बुँदे सहमति कार्यान्वन गर्नुपर्ने माग गरेको हो ।
सरकार र सङ्घबीच विद्यमान कानुनी एवम् नीतिगत व्यवस्थामा आवश्यक संशोधनलगायत विषयमा ११ दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्नेगरी तीन सदस्यीय कार्यदल गठन भएको थियो ।
विज्ञप्तिमा भनिएको छ, “सरकारकासँग भएको सहमति समयमै पालना नहुँदा भविष्यमा मौखिक वा लिखित प्रतिबद्धतामाथि विश्वास गर्ने कुनै आधार हुँदैन । यसबाट नेपाल सरकारको विश्वसनीयता पनि गुम्ने स्थिति सिर्जना हुने प्रति ध्यानाकर्षण गराउन चाहन्छौँ ।”
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
September 29, 2026
September 28, 2026
September 25, 2026
September 22, 2026
September 13, 2026
August 22, 2026
August 21, 2026
August 14, 2026
August 06, 2026
August 06, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .