काठमाडौंमा १२ अगष्टदेखि अष्ट्रेलियन एजुकेशन फेयर हुँदै

इ चितवन खबर

August 05, 2025

काठमाडौं । काठमाडौंमा अष्ट्रेलियन एजुकेशन फेयर २०२५ नामक शैक्षिक मेला हुने भएको छ। नयाँ बानेश्वरमा रहेको गोरेटो एजुकेशन कन्सलट्यान्सीको आयोजनामा अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरूलाई लक्षित गर्दै अष्ट्रेलियन एजुकेशन फेयर २०२५ को आयोजना गर्न लागिएको हो। शैक्षिक मेला यही १२ अगष्टबाट सुरु हुनेछ। मेला ५ दिनसम्म चल्ने आयोजकले जनाएको छ।

 
अष्ट्रेलियन एजुकेशन फेयर नाम दिइएको शैक्षिक मेलामा अष्ट्रेलियाका विभिन्न कलेजका प्रतिनिधीकै उपस्थितीमा कुन शहरका कुन विश्वविद्यालयमा जाँदा विद्यार्थीलाई उपयुक्त हुन्छ भन्ने विषयमा पनि जानकारी दिइनेछ।

 

फेयरमा अष्ट्रेलियामा रहेका विश्वविद्यालयको भौतिक संरचनादेखि दक्ष र अनुभवी काउन्स्लरबाट पनि कोर्स सेलेक्सन, अध्ययनमा जाँदा लाग्ने लागतदेखि आईएलट्स, टोफेलका बारेमा जानकारी दिइनेछ।

 

फेयरमा उपस्थित हुने विद्यार्थीमध्ये १० भन्दा बढी विद्यार्थीलाई आईएलट्स, टोफेलको नि:शुल्क व्यवस्था गरिने बताइएको छ। फेयरमा राष्ट्रिय स्तरका कलाकारले पनि प्रस्तुती दिनेछन्।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .