इ चितवन खबर
August 06, 2025
चितवन । रत्ननगर–१, निपनीमा रहेको जिएसटी कलेजले नयाँ शैक्षिक सत्रका लागि चार वर्षीय बिबिए कार्यक्रम सुरू गरेको छ ।क्याम्पस प्रमुख राजकुमार दाहालले यो कलेज पूर्वी चितवनमा बिबिए कार्यक्रम सञ्चालन गर्ने पहिलो शैक्षिक संस्था भएको बताए । शिक्षामा उत्कृष्टता, व्यावसायिक दक्षता र रोजगारीको अवसरलाई जोड दिँदै जिएसटीले विद्यार्थीहरुलाई विश्वस्तरीय व्यवस्थापन शिक्षाको अवसर प्रदान गर्ने लक्ष्य लिएको क्याम्पस प्रमुख दाहालले बताए ।
सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जिएसटी कलेजले व्यवसाय अध्ययनमा रूचि राख्ने विद्यार्थीहरुका लागि ६६ सिट कोटासहित बिबिए कार्यक्रम सञ्चालनमा ल्याएको हो । कलेज उद्घाटन वर्षलाई विशेष बनाउन एक करोड रुपैयाँबराबरको छात्रवृत्ति योजना घोषणा गरिएको छ, जसले आर्थिकरुपमा कमजोर तर जेहेनदार विद्यार्थीहरुलाई उच्च शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ । साथै, पहिलो २० जना भर्ना हुने विद्यार्थीहरुका लागि विशेष छूटको व्यवस्था गरिएको छ, जसले सीमित स्रोत भएका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्नेछ ।
क्याम्पस प्रमुख दाहालले जिएसटीले शत्प्रतिशत रोजगारीको ग्यारेन्टीसहित विद्यार्थीहरुलाई व्यावसायिक दुनियाँसँग जोड्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामी विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सीमित राख्दैनौँ, सह–पाठ्यक्रम गतिविधिहरु र उद्योगहरुसँगको सहकार्यमार्फत उनीहरुलाई प्रतिष्ठित व्यापारिक संस्था र बहुर्राष्ट्रिय कम्पनीहरुसँग जोड्छा’ैँ, उनले भने । यसले विद्यार्थीहरुलाई सैद्धान्तिक र व्यावहारिक शिक्षाको संयोजनमार्फत बजारको मागअनुरुप प्रतिस्पर्धी र सक्षम बनाउने लक्ष्य राखेको छ ।
जिएसटी कलेजको स्थापनाले पूर्वी चितवनका युवाहरुलाई स्थानीयस्तरमै विश्वस्तरीय व्यवस्थापन शिक्षा प्राप्त गर्ने अवसर सिर्जना गरेको छ । क्याम्पस प्रमुख दाहालले यो पहलले क्षेत्रीय शैक्षिक असमानता हटाउन र युवाहरुको सपना साकार पार्न मह¤वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘हाम्रो लक्ष्य विद्यार्थीहरुलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनु हो’, उनले थपे ।
गुणस्तरीय शिक्षा, अनुभवी प्राध्यापकहरु र आधुनिक शिक्षण विधिमार्फत जिएसटी कलेजले विद्यार्थीहरुलाई सशक्त बनाउने योजना बनाएको छ । भर्ना प्रक्रिया र अन्य विवरणका लागि कलेजले चाँडै प्रवेश परीक्षाको मिति सार्वजनिक गर्ने जनाएको छ । यो कलेज पूर्वी चितवनको रत्ननगरमा स्थापना हुनुले शैक्षिक क्षेत्रमा नयाँ उत्साह थप्दै व्यवसाय अध्ययनमा रूचि राख्ने युवाहरुका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( १००% )
Excited ( ०% )
Angry ( ०% )
August 21, 2026
August 20, 2026
August 20, 2026
August 19, 2026
August 14, 2026
August 13, 2026
August 12, 2026
August 12, 2026
August 12, 2026
August 10, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .