डेङ्गी सङ्क्रमण बढ्दै

इ चितवन खबर

August 22, 2025

काठमाडौँ।  डेङ्गीको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमण पनि बढ्न थालेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार तीन हजार २४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । पछिल्लो एक हप्तामा २११ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । यसैगरी, डेङ्गी सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । 

    
कोशी प्रदेशमा ५६८, मधेस प्रदेशमा ६२, बाग्मती प्रदेशमा ६७५, गण्डकी प्रदेशमा ९१४, लुम्बिनी प्रदेशमा ५५१, कर्णाली प्रदेशमा ९३ र सुदूरपश्चिम प्रदेशमा ३८४ जनामा डेङ्गी सङ्क्रमण देखिएको प्रमुख डा दाहालले जानकारी दिनुभयो । पानी पर्ने क्रम जारी रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन समेत उहाँले आग्रह गर्नुभयो । 

    
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएपछि त्यसले टोकेपछि डेङ्गी रोग लाग्दछ । डेङ्गी रोकथामका लागि सरकारले प्रत्येक शुक्रबार लामखुट्टै खोज र नष्ट अभियान सञ्चालन गरेको छ । 

    
सन् २०२४ मा डेङ्गी सङ्क्रमण ७६ जिल्लामा फैलिएको थियो भने यसबाट १५ जनाको मृत्यु हुनुका साथै ४१ हजार ८६५ जना सङ्क्रमित भएका थिए ।


# चितवन खबर # स्वास्थ्य

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

September 29, 2026

बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा

September 28, 2026

विश्व फार्मासिस्ट दिवस : औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण

September 25, 2026

अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा

September 22, 2026

पद छोटो, कामको प्रभाव दीर्घकालीन : ९ महिना १६ दिनमा उत्तम जोशीले स्वास्थ्य क्षेत्रमा के गरे ?

September 13, 2026

अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट

August 22, 2026

भरतपुर धाउनुपर्ने बाध्यता हटाउँदै बकुलहर रत्ननगर अस्पताल

August 21, 2026

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

August 14, 2026

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

August 06, 2026

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

August 06, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .