इ चितवन खबर
August 28, 2025
काठमाडौं। वीर अस्पतालकी विभागीय प्रमुख तथा देशकै एक मात्र स्पेशलिस्ट ह्याण्ड सर्जन डा. शिलु श्रेष्ठ फेरि सरुवामा परेकी छिन्।चार वर्षभित्रै तीन पटक सरुवा भोगिसकेकी ११ औं तहकी चिकित्सक उनी यसपटक भरतपुर अस्पताल सरुवा भएकी हुन् । उनलाई तीन महिना अघि नै सरुवा गरिएको थियो। सरुवा पत्र नबुझे पछि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले दबाब बढाएका छन्। उनले डडेल्धुरा सरुवा गरिदिने चेतावनी दिइरहेका छन्। डा. श्रेष्ठ नेपाल सरकारको सम्पूर्ण स्वास्थ्य प्रणालीमा कार्यरत् एक मात्र ह्याण्ड सर्जरी विशेषज्ञ हुन्।
जटिल केसहरू उपचारका लागि देशभरका अस्पतालहरूले उनलाई नै रिफर गर्ने गरेका छन्। अहिले उनका शल्यक्रिया तालिका आगामी ६ महिनासम्म भरिएका छन्। “मलाई वीर अस्पतालबाट अन्यत्र पठाउँदा जटिल हात शल्यक्रियामा प्रत्यक्ष असर पर्छ,” उनले मन्त्रालयमा पठाएको निवेदन पत्रमा लेखेकी छिन्, “यसले सार्वजनिक स्वास्थ्य सेवामै नकारात्मक प्रभाव पार्नेछ।”
वीर अस्पतालजस्तो सुविधा सम्पन्न सन्दर्भ केन्द्रमा हातको चोट, अपांगता र जटिल शल्यक्रिया आवश्यक पर्ने धेरै बिरामी आउने गर्छन् तर यस्तै समयमा डा. श्रेष्ठलाई हटाउने निर्णय आएको हो।
डा. श्रेष्ठले महिलाको सहभागिता र संवैधानिक समानताको पक्ष पनि उठाएकी छन्। नेपालमा करिब १ हजार १०० आर्थोपेडिक सर्जनमध्ये उनी मात्र महिला चिकित्सक हुन्। उनको व्यक्तिगत जीवन पनि सरुवाबाट प्रत्यक्ष प्रभावित हुने देखिएको ट्रमाकै अर्का चिकित्सक बताउँछन्। यस्तै, चिकित्सकमा मनोवैज्ञानिक त्रास बढेको उनको भनाइ छ।
उनी साढे तीन वर्षको बच्चाकी आमा हुन् भने उनका श्रीमान् प्रा। डा। परशमणि श्रेष्ठ वीर अस्पतालकै युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जनका रूपमा २० वर्षदेखि कार्यरत छन्।
डा. श्रेष्ठले आफ्नो छोरा सात वर्ष पुग्ने बित्तिकै र वीर अस्पतालमा ह्याण्ड सर्जरी एकाई स्थापना पछि जहाँसुकै सरुवा वा कर्तव्यपालनका लागि तयार हुने प्रतिबद्धता व्यक्त गरेकी छन्। तर, तत्कालका लागि उनले वीर अस्पताल वा राष्ट्रिय ट्रमा सेन्टर मै व्यवस्थापन गर्न अनुरोध गरेकी छिन्।
तर, उनको अनुरोधलाई स्वास्थ्य मन्त्री पौडेलले अस्वीकार गरिरहेका छन्। उनले नै डा। श्रेष्ठलाई वीरबाट सरुवा गर्न खोजेका छन्। स्रोतका अनुसार पौडेलले श्रेष्ठलाई निजी अस्पतालमा समेत सेवा दिएको आरोप लगाएका छन्।
ट्रमा सेन्टरबाटै सेवा सुरू गरेकी उनलाई ‘पुल’ दरबन्दीमा राखिएको थियो। त्यो भनेको जहाँ पनि सरुवा गर्न सकिने अवस्था हो। त्यसपछि सचिवसँग कुरा गरेर उनी साबिककै दरबन्दी फर्किइन्। त्यसपछि फेरि मन्त्री पौडेलले उनलाई ‘पुल’ दरबन्दीमा सारे।
“मन्त्रीज्यूले डडेल्धुरा पनि ट्रान्सफर गर्दिन्छु भनिरहेको भनी अहिले ताकेता भइरहेको छ,” श्रेष्ठनिकट स्रोतले भन्यो। आफ्नो समस्यासमेत राख्न नदिइकन सरुवा गरिएको उनको भनाइ छ।
आफूले फुर्सदको समयमा निजी अस्पतालमा सेवा गर्ने गरेको उनी बताउँछिन्। “धेरै डाक्टरहरू निजी अस्पतालमा काम गर्नुहुन्छ, मैले सरकारी कामको समयमा निजीमा सेवा गरेकी छैन,” उनीनिकट स्रोतले भन्यो, “मन्त्रीले कहिलेकाहीँ आपतकालीन अवस्थामा जान्छु, मलाई स्पष्टीकरण दिने मौका समेत दिनु भएन।”
मन्त्री पौडेलले चिकित्सक डा. श्रवण थापाको दरबन्दी मिलाउनका लागि उनको सरुवा योजना बनाएको स्रोत बताउँछ। त्यही राजनीतिक स्वार्थमा परेपछि डा। श्रेष्ठले राजीनामाको मनस्थिति बनाएकी छिन्।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
September 29, 2026
September 28, 2026
September 25, 2026
September 22, 2026
September 13, 2026
August 22, 2026
August 21, 2026
August 14, 2026
August 06, 2026
August 06, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .