इ चितवन खबर
September 28, 2025
चितवन। जेनजीको आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेका चितवनको मालपोत र नापी कार्यालयलाई चार बैंकले सहयोग गरेका छन्। ती दुई कार्यालयलाई प्रभु र कुमारी बैंक तथा ज्योति विकास र सिन्धु विकास बैंकले संयुक्त रुपमा सहयोग गरेका हुन्। बैंकहरुले कार्यालय सञ्चालनका लागि आवश्यक कम्प्युटर, प्रिन्टर, टेबल र कुर्ची आइतबार हस्तान्तरण गरेका छन्।
प्रभु बैंकका तर्फबाट सांग्रिला श्रेष्ठ, कुमारी बैंकका तर्फबाट कृष्णप्रसाद शर्मा, ज्योति विकास बैंकका तर्फबाट दिलु सापकोटा र सिन्धु विकास बैंकका तर्फबाट रविन कुँवरले मालपोत कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद गौतम र नापी कार्यालयका प्रमुख श्रीधन ढुंगानालाई हस्तान्तरण गरेका हुन्।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( १००% )
August 20, 2026
August 20, 2026
August 19, 2026
August 14, 2026
August 13, 2026
August 12, 2026
August 12, 2026
August 12, 2026
August 10, 2026
August 10, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .