२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

काठमाडौँ।  गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ । 
 
 
यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘जेरी अन टप’  गत शनिबारसम्म रु ११ करोड ७१ लख ४१ हजार ४९८ कमाइ (ग्रस कलेक्सन) गरेको चलचित्र विकास बोर्डअन्तर्गतको ‘बक्सअफिस सिनेपा’ ले जनाएको छ । बोर्डले सोमबार चलचित्रको व्यावसायिक तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।
 
 
उक्त चलचित्रका निर्माता सरोज न्यौपानेले दर्शकबाट प्राप्त साथ र मायाको आफू सदैव आभारी रहने बताउनुभयो । उहाँले भन्नुभयो, “चलचित्र ‘जेरी अन टप’ प्रदर्शनरत भएकाले आगामी दिनमा यसको व्यावसायिक आँकडा बढ्ने निश्चित छ । हामीलाई वितरकले दिनुभएको व्यावसायिक तथ्याङ्क भने चलचित्र विकास बोर्डको भन्दा बढी छ । यद्यपि, सगरमाथाको विषयमा बनेको चलचित्रले घरेलुसँगै प्रवासको बजारमा दर्शकको राम्रो साथ पाउनु हामी सबैका लागि खुसीको खबर हो ।”
 
 
यसअघि गत वैशाखमा प्रदर्शन भएको ‘ऊनको स्वीटर’ ले रु ११ करोड ४१ लाख ८८ हजार ७८० कमाइ गरेको थियो । चलचित्र ‘जेरी अन टप’ मा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे र उषा खड्गी लगायतका कलाकारले अभिनय गर्नुभएको छ । उक्त चलचित्रलाई सुयोग गुरुङले निर्देशन गर्नुभएको छ ।

गुरुपूर्णिमाका अवसरमा कलाकार सम्मानित
गायक बन्न चाहेर यस क्षेत्रमा होमिए : नवराज तिमिल्सिना
चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक
रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय र वर्षाको जोडी
‘माग्ने राजा’ को फस्र्टलुक पोस्टर सार्वजनिक
‘सुख दुःख’ निर्देशन गर्दै नीता ढुंगाना
फिल्म 'हर्ष’ मङ्सिर १२ गतेबाट प्रदर्शनमा आउने
चलचित्र ‘बाटुलो जून’ को पहिलो पोस्टर सार्वजनिक
धेरै कमाउने २५ नेपाली फिल्मलाई चलचित्र विकास बाेर्डकाे सम्मान (सुचीसहित)
राजेन्द्र सुवाल र विपना शाक्यको 'तिम्रो यादमा' सार्वजनिक
लक्की फिल्मी अवार्डमा ‘उपहार’ लाई चार विधामा अवार्ड
५१ दिन मनाए पछि निर्देषक कृषाको घोषणा, ‘पिताम्बरको सिक्वेल बनाउँछौं’
एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा
लक्की फिल्मी अवार्डको मनोनयन सार्वजनिक
शनिबार गजलमय बन्दै पोखरा
मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने
अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा
लक्की फिल्मी अवार्ड असार ८ गते
ओम प्रतीकको लेखन तथा निर्देशनको चलचित्र ‘मोहर’ को पहिलो गीतको छायाङ्कन सम्पन्न
कीर्तिपुर सिनेप्लेक्स सिनेमा हलमा सोह्रौं प्रिज्मा डिसिने अवार्ड भव्य रुपमा सम्पन्न
कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का
सलमानको ‘कालो हरिण शिकार’ को सुनवाई जुलाई २८ मा, ५ बर्ष जेल जालान त ?
राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने
सिनेपाको निर्माण आरम्भ: चलचित्र क्षेत्रको लागि निकै उपलब्धिपुर्ण: प्रधानमन्त्री
अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’
४८ करोडमा बनेको अजय देवगनको रेडः २ को कमाइ अब १५० करोडमाथी
प्रिज्मा डि सिने अवार्डको मनोनयन सार्वजनिक
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता राजेश हमाल
रेड २ बन्यो यो बर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म
युट्युबमा दर्शकहरूको मन जित्न सफल स्वानिका बास्तोलाको शिरियल "मुल घर"
शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी, टम क्रुज भन्दा थोरै कम
चलचित्र निर्देशक शंकर कार्की सम्मानित

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .