इ चितवन खबर
August 27, 2025
मुम्बई । यसपटक फराह खान आफ्नो भ्लग सिरिजका लागि चर्चित फिल्म निर्माता तथा अभिनेता राकेश रोशनको घर पुगेकी छिन् । यस गृह भ्रमणमा उनले राकेश रोशनसँग उनको निर्देशन करियर र यससँग सम्बन्धित कथाहरूका बारेमा पनि कुराकानी गरेकी छिन् ।
सो क्रममा चलचित्र निर्माता राकेश रोशनले क्रिसको चर्चित वैक्स मास्कको पछाडि लुकेको रहस्य खुलाएका छन्। ‘वास्तवमा यो मास्क बनाउन त्यति सजिलो थिएन, ६ महिना लाग्यो, मास्कको डिजाइनमा यति धेरै हेरचाह गरिएको थियो कि सेटमा ऋतिक रोशनको भन्दा बढी हेरचाह मास्कको गरिएको थियो,’ उनले भने ।
राकेश रोशनले ऋतिकको तस्बिरसँग कुन डिजाइन मिल्ने भन्ने निर्णय गर्न कसरी आफू र उनको टोलीले यो मास्क बनाउन मात्रै ६ महिना खर्च गरेको बताए। यस प्रक्रियामा मास्क, आउटफिट र अन्य सबै विवरणहरूमा अत्यधिक ध्यान दिइएको थियो ताकि कृषको प्रतिष्ठित लुक उत्तम देखियोस् ।
सबैभन्दा खास कुरा यो थियो कि मास्क मौरीको ‘मैन’ ले बनेको हुनाले गर्मीमा पग्लने खतरा थियो। सुटिङका क्रममा यो मास्क सुरक्षित राख्न सेटमा २४ सै घण्टा एसी बसको व्यवस्था गरिएको थियो । उनले फराह खानको भ्लगमा यो कुरा सेयर गरेका थिए ।
यससँगै राकेश रोशनले कृष ४ मा सुपरस्टार ऋतिक रोशनले नायकको मात्र नभई निर्देशकको भूमिका पनि निर्वाह गर्ने जानकारी दिएका छन् । यशराज फिल्म्स र राकेश रोशनको ब्यानरमा बनेको यो फिल्मको अर्को भागको निर्माण सन् २०२६ को शुरुमा सुरु गर्ने योजना रहेको खुलाएका छन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
July 24, 2026
June 24, 2026
June 20, 2026
June 16, 2026
June 01, 2026
June 01, 2026
June 01, 2026
June 01, 2026
May 15, 2026
May 10, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .