इ चितवन खबर
August 14, 2025
काठमाडौं । चलचित्र ‘कोशोढुङ्गा’ निर्माण टिमले पब्लिसिटीलाई तीव्र पारेको छ । पब्लिसिटीलाई थप प्रभावकारी बनाउने उद्देश्यले निर्माण टिमले कविता सार्वजनिक गरेको छ । निर्माण टिमले सार्वजनिक गरेको कविता वाचन चलचित्रकी मुख्य कलाकार सुरक्षा पन्तले गरेकी छन् । कवितामा प्रेम, समर्पण, विछोड, पीडा, सपना, संकल्प छ । लिरिकल भिडियोसहित सार्वजनिक कवितामा सिनेमाका केही फुटेज र स्टिल फोटो प्ले गरिएको छ ।
कविताले क्रमशः टुट्दै गएको सपना, सम्झौतामा बाँच्न थालेको जिन्दगी, सम्बधमा गरिने विश्वास, पर्खिएर बस्ने परिवारलाई चित्रण गरेको छ । यसले चलचित्रको कथा संकेत गरेको छ । लिरिकल भिडियोमा चलचित्रका अधिकांश मुख्य पात्रलाई देखिन्छ । जसले उनीहरूको चरित्र र भूमिका प्रष्ट पार्छ । कवितांशमार्फत निर्देशकले चलचित्रको केही कथा संकेत गर्न खोजेका छन् । तर, कथा प्रष्ट भने भइसकेको छैन । किस्ताकिस्तामा कथा के हो खोल्दै जाने निर्देशक सरोज पौडेलले बताएका छन् ।
यसैबीच, निर्माणपक्षले तीनवटा पोस्टर पनि सार्वजनिक गरेको छ । जसमा चलचित्रका मुख्य कलाकार फिचर्ड छन् । एउटा पोस्टरमा सुरक्षा पन्त, आर्यन सिक्देल, प्रवीण खतिवडा, मन्जिल कुमार, नीति शाह, ऋचा शर्मा र दिनेश काफ्ले काफ्ले छन् । अर्को पोस्टरमा प्रवीण खतिवडा, दिनेश काफ्ले र झकेन बिसी फिचर्ड छन् । अर्को पोस्टरमा सुरक्षा पन्त र मन्जिल कुमार छन् । यो पोस्टरमा सुरक्षाले भारी बोकेकी छन् । मन्जिद कसैलाई हेरिरहेका छन् । तीनवटै पोस्टरमा कलाकारहरू चरित्रको लुक्समा छन् ।
केही दिन अगाडि निर्माण प्रेमिल गीत ‘भंगेरा भगेरी’सार्वजनिक गरेको थियो । त्यसअघि ‘नत्र भने जिन्लगी व्यर्थ छ’ सार्वजनिक भएको थियो । जुन गीत अहिले टिकटकमा हिट छ । सरोज पौडेलले निर्देशन गरेको चलचित्र ‘कोशेढुङ्गा’ भदौ १२ गते रिलिज हुँदै छ । ‘पूर्ण बहादुरको सारंगी’का निर्देशक पौडेलले निर्देशन गरेको भएकाले ‘कोशेढुंगा’ चलचित्र प्रतिक्षित सिनेमा बनेको छ ।
नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्य रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ । प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको चलचित्र ‘कोशेढुंगा’को कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत छ । चलचित्रको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।
नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ । ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो चलचित्र डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउने जनाएको छ । पहिलो पटक यति धेरै देशमा एकसाथ चलचित्र प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा निर्माण टिमको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 04, 2026
October 02, 2026
September 26, 2026
September 13, 2026
August 31, 2026
August 25, 2026
August 25, 2026
August 20, 2026
July 24, 2026
June 24, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .