इ चितवन खबर
September 03, 2025
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका चर्चित सदावहार बरिष्ठ गायक आनन्द कार्की र ममता गुरुङको युगल स्वरमा ‘जाली रुमाल फुलबुट्टे' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गीत संगीत र चलचित्रको विकास र प्रबर्दनमा सक्रिय अग्रणी कम्पनी ‘हाइटेक इन्टरटेन्टमेन्ट’ले निर्माण गरेको गीतमा सुष्मा सिग्देलको शब्दरचना र अनिल शाहीको संगीत रहेको छ । गीतलाई अनिल शाहीले नै एरेन्ज गरेका हुन् ।
आनन्द कार्की , ममता गुरुङ र सरोज प्रजाको अभिनय रहेको भिडियोमा सागर बस्नेतको सिनेमाटोग्राफी, प्रमोद के भण्डारीको कोरियोग्राफी र विकास दाहालको सम्पादन रहेको छ। युवा निर्देशक युवराज वाइबाले भिडियोको निर्देशन गरेका हुन ।
‘जाली रुमाल फुलबुट्टे ‘ को भिडियोलाइ ‘हाइटेक इन्टरटेन्टमेन्ट’को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियो सार्वजनिक भएको केहि घण्टामा नै दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । पुरानो चलचित्र भीष्म प्रतिज्ञाको सुपर हिट गीत “ओ मेरी प्रियेशी” को संगीतकार एवं गिटारिस्ट अनिल शाहीले संगीत भरेका धेरै गीतहरु दर्शकको रोजाइमा परेका छन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
November 12, 2025
October 31, 2025
October 28, 2025
October 28, 2025
October 25, 2025
October 19, 2025
October 12, 2025
October 09, 2025
October 01, 2025
September 03, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .