इ चितवन खबर
July 18, 2025
काठमाडौँ । सुरक्षा पन्त र मुकुन भुसालको मुख्य अभिनय रहेको फिल्म 'चमेलीको पोइ' को फर्स्टलुक सार्वजनिक गरिएको छ । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्मको निर्माण पक्षले बुधबार तीनवटा पोस्टर दर्शकमाझ ल्याएको हो ।
दुई पोस्टरमा शीर्ष कलाकार सुरक्षा र मुकुन मात्र छन् भने अर्को एक पोस्टरमा शीर्ष प्रायः कलाकारहरू चित्रित छन् । पारिवारिक परिवेशमा रमाइलो कथामा फिल्म बनेको सार्वजनिक पोस्टरले संकेत गर्छ । फिल्ममा सुरक्षा र मुकुनसँगै नारायण त्रिपाठी, विल्सन विक्रम राई, प्रेमदेव गिरी, रविन्द्र झा, गणेश गौतम, अंशु महर्जन, बविन राई, खड्ग बहादुर पुन, उमेश राई, रजनी गुरूङलगायत कलाकारहरूको अभिनय छ ।
धनलक्ष्मी सिने मेकर्सको प्रस्तुति रहेको फिल्मको निर्माता सुनिता सापकोटा र राम नारायण उपाध्याय हुन् । कार्यकारी निर्मातामा उदय विक्रम राणा र रितु मल्ल ठकुरी छन् । 'चमेलीको पोइ' रामनवमीको अवसर पारेर चैत १३ गतेदेखि प्रदर्शनमा आउनेछ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 04, 2026
October 02, 2026
September 26, 2026
September 13, 2026
August 31, 2026
August 25, 2026
August 25, 2026
August 20, 2026
July 24, 2026
June 24, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .