चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को शीर्षक गीत (टाइटल ट्र्याक) सार्वजनिक

इ चितवन खबर

September 03, 2025

काठमाडौं। चलचित्र ‘अभिमन्युः च्याप्टर-१’को नयाँ गीत सार्वजनिक भएको छ । भोजपुरी लवजमा रहेको गीत ‘लड्की गोरी’ सार्वजनिक गरेको हो । 


गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको रहेको छ । संगीत संयोजन विषम आचार्यले गरेका छन् । गीतमा आइटम डान्स जुना सुन्दासको छ । कोरियोग्राफी रोहन विश्वकर्माको छ । गीत भोजपुरी लवजमा रहे पनि भाषा भने नेपाली प्रयोग गरिएको छ । नृत्य र कोरियोग्राफी पनि भोजपुरी गीतको जस्तै छ । युवायुवतीको एकअर्काप्रतिको चाह गीत र भिडियोमा देख्न सकिन्छ । चलचित्रमा तराईको भूमिका पात्र र कथा रहेकाले त्यही क्षेत्रमा प्रचलनमा रहको भोजपुरी शैलीको गीत तयार पारेको देखिन्छ । गीत डान्सिङ नम्बरमा छ ।

 

चलचित्र ‘अभिमन्युः च्याप्टर-१’ भदौ २७ गते रिलिज हुँदैछ । हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् । चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ । 

 


पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यः च्याप्टर-१’को मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला रहेको देख्न सकिन्छ  । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्युः च्याप्टर-१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । ‘अभिमन्युः च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।


जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

हिमालयन इन्टरनेशनल अवार्ड सिक्किमको राभाङ्लामा सम्पन्न, अमर वान्तु र हरि ढुंगेललाई दीर्घसाधाना सम्मान

July 24, 2026

‘प्रज्वलको गोली’ म्युजिक भिडियो सार्वजनिक

June 24, 2026

अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान

June 20, 2026

अन्तरराष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’

June 16, 2026

असामान्य जोडीको कथामा ‘गौँथली’

June 01, 2026

विदेशमा शाखा विस्तार गर्दै चलचित्र पत्रकार सङ्घ

June 01, 2026

राजधानीमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव

June 01, 2026

राजधानीमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव

June 01, 2026

फिल्म ‘टीका’ को शुभमुहूर्त

May 15, 2026

वरिष्ठ लोक गायक बम बहादुर कार्कीको ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक

May 10, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .