इ चितवन खबर
August 23, 2025
काठमाडौं। लक्ष्मण रिजालको निर्देशनमा निर्माण हुने सिनेमा ‘काजी’को शुभमुहूर्त गरिएको छ । शुक्रबार दक्षिणकाली मन्दीरमा क्यामेरा तथा स्कृप्ट पूजा गरिएको हो । यो सिनेमाको निर्माण टिम शुभमुहूर्त सँगै छायांकनको लागि स्याङ्जा निस्केको छ ।
भदौ ८ गते आइतबारबाट यो सिनेमाको छयांकन सुरु गरिने निर्देशक लक्ष्मण रिजालले बताए ।
उनी यही सिनेमाबाट करिब ८ वर्षपछि निर्देशनमा फकेका हुन् । आफुले खोजेको जस्तै स्कृप्ट पाएकाले निर्देशनमा कमव्याक गर्न तयार भएको निर्देशक रिजाल बताउँछन् ।
उनले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ लगायतका सिनेमा निर्देशन तथा ‘डिसेम्बर फल्स’ र ‘गणपति’को निर्माण गरेका थिए ।
आरएण्डआर प्रोडक्सनको व्यानरमा निर्माण हुने यो सोसल लभस्टोरी सिनेमालाई राम प्रसाद रिजालले निर्माण गर्दैछन् ।
यो सिनेमा निर्माणमा आफुले यसअघिका सिनेमामा देखिएका कमकमजोरीलाई सच्याउँदै उत्कृष्ट बनाउने प्रयास रहने बताउँछन् । यो सिनेमाको छायांकनको लागि स्याङ्जामा लाखौं खर्च गरेर एउटा गाउँको सेट नै निर्माण गरिएको उनले जानकारी दिए ।
सिनेमामा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहनेछ । अन्य कलाकार को-को रहेका छन् भन्ने विस्तारै सार्वजनिक गर्दै जाने जानकारी निर्माण टिमले दिएको छ ।
प्रदीप भारद्धाजको लेखन रहेको सिनेमालाई चिन्तनराज भण्डारीले खिच्दै छन् । सिनेमाका लागि गीतसंगीत कालिप्रसाद बास्कोटाले तयार पारेका हुन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 04, 2026
October 02, 2026
September 26, 2026
September 13, 2026
August 31, 2026
August 25, 2026
August 25, 2026
August 20, 2026
July 24, 2026
June 24, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .