सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो

इ चितवन खबर

June 19, 2026

चितवन । चितवनस्थित सङ्घीय अस्पताल भरतपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ । निजी क्षेत्रका यहाँका दुई मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि उपचारका लागि आउने बिरामीको सङ्ख्या थप बढेको अस्पतालले जनाएको छ ।
 
    
देशको मध्यभागमा अवस्थित तथा सडक सञ्जालमार्फत अधिकांश क्षेत्रसँग सहज पहुँच भएकाले भरतपुर अस्पतालमा चितवनसहित आसपासका जिल्लाबाट दैनिक ठूलो सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेका छन् । पछिल्ला दिनमा अस्पतालको बहिरङ्ग (ओपिडी) सेवामा बिहानैदेखि अत्यधिक भीड हुन थालेपछि अस्पतालले पटकपटक सूचना जारी गर्दै सेवा दिनभर उपलब्ध रहने भएकाले बिहानै लाइनमा बस्न आवश्यक नरहेको जनाएको छ । 

    
अस्पतालका अनुसार हाल दैनिक तीन हजारदेखि तीन हजार ५०० सम्म बिरामी ओपिडीमार्फत विभिन्न स्वास्थ्य सेवा तथा परीक्षणका लागि आउने गरेका छन् । विशेषज्ञ सेवा, प्रयोगशाला, रेडियोलोजी तथा अन्य उपचार सेवाका कारण यहाँ बिरामीको सङ्ख्या निरन्तर बढिरहेको छ ।

    
अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार ओपिडी टिकट बिहान ८ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म वितरण गरिँदै आएको छ भने ओपिडी सेवा बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सञ्चालन हुन्छ । तर धेरै सेवाग्राही बिहान ५ः०० देखि ६ः०० बजेदेखि नै टिकटका लागि लाइनमा बस्ने गरेका छन् । “बिहानको समयमा बिरामीको चाप धेरै हुन्छ, तर दिउँसो तुलनात्मक रूपमा कम भीड हुन्छ”, उहाँले भन्नुभयो, “सेवाग्राहीले हतार नगरी आफूलाई अनुकूल समयमा आएर सेवा लिन सक्नुहुन्छ ।”
 
    
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले पछिल्लो समय बिरामीको चाप निरन्तर बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार अस्पतालमा दैनिक ओपिडीका बिरामी, कुरुवा, आफन्त तथा अन्य सेवाग्राही गरी करिब १० देखि १२ हजार जनाको आवतजावत हुने गरेको छ । “भरतपुर अस्पताल चितवनसहित मध्य नेपालकै प्रमुख रेफरल अस्पतालका रूपमा स्थापित हुँदै गएको छ”, उहाँले भन्नुभयो, “यसका कारण विभिन्न जिल्लाबाट थप बिरामी आउनेक्रम बढेको छ ।”

    
उहाँले अधिकांश बिरामी स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार गराउन आउने भएकाले निजी अस्पतालमा बिमा सेवा बन्द भएपछि सरकारी अस्पतालमा बिरामीको चाप उच्च भएको बताउनुभयो ।
 
    
मेडिकल सुपरिटेन्डेन्ट डा बगालेका अनुसार अस्पतालमा पहिलेको तुलनामा १५ देखि २० प्रतिशतभन्दा बढी बिरामी वृद्धि भएको छ । “हप्तामा दुई दिन सार्वजनिक बिदा हुँदा नै बिरामीको चाप धान्न मुस्किल थियो”, उहाँले भन्नुभयो, “अहिले थप बिरामी आउन थालेपछि व्यवस्थापन झन चुनौतीपूर्ण बनेको छ ।”
 
    
उहाँले बिरामीको बढ्दो चाप व्यवस्थापनका लागि बहिरङ टिकटको सङ्ख्या निर्धारण गर्ने वा चिकित्सकलाई प्रोत्साहन गरी दुई सिफ्टमा सेवा सञ्चालन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । भरतपुर महानगरपालिकासँग सहकार्य गरी नगर अस्पताल सञ्चालन गर्ने विषयमा छलफल अघि बढाइएको छ ।
 
    
अस्पतालमा नागरिकको आकर्षण हुनमा स्वास्थ्य बिमा कार्यक्रम, विशेषज्ञ चिकित्सकको उपलब्धता, विशिष्टीकृत सेवाको विस्तार तथा आधुनिक उपकरणमार्फत उपचार र परीक्षण सुविधा थपिनु मुख्य कारण रहेको अस्पतालको भनाइ छ । बढ्दो बिरामी चापलाई मध्यनजर गर्दै अस्पतालले सेवा विस्तार, पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ ।
 
    
अस्पतालमा विकास समितितर्फ ७२ जना विशेषज्ञ चिकित्सक, १० जना डेन्टल सर्जन, ६४ जना मेडिकल अधिकृत तथा स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, रेडियोग्राफर, ल्याब टेक्निसियन, फार्मेसी सहायकलगायत अन्य प्राविधिक एवं कर्मचारी गरी कुल ७०७ जना कार्यरत छन् । 

    
त्यस्तै, नेपाल सरकारतर्फ ४२ जना विशेषज्ञ चिकित्सक र छात्रवृत्ति कार्यक्रमअन्तर्गत २९ जना विशेषज्ञ चिकित्सक गरी ७१ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् ।
 
    
यस्तै, २३ जना मेडिकल अधिकृत र छात्रवृत्ति कार्यक्रमअन्तर्गत १४ जना मेडिकल अधिकृत गरी ३७ जना मेडिकल अधिकृत छन् । चिकित्सकबाहेक नर्स, अन्य स्वास्थ्य प्राविधिक तथा प्रशासनतर्फ २५३ जना कर्मचारी नेपाल सरकारको दरबन्दीमा कार्यरत छन् । अस्पतालमा सुरक्षा गार्ड, सरसफाइ कर्मचारीलगायत करिब २०० जना जनशक्ति बाह्य कम्पनीमार्फत परिचालन गरिएको अस्पताल प्रशासनले जनाएको छ ।


# चितवन खबर # स्वास्थ्य

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

September 29, 2026

बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा

September 28, 2026

विश्व फार्मासिस्ट दिवस : औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण

September 25, 2026

अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा

September 22, 2026

पद छोटो, कामको प्रभाव दीर्घकालीन : ९ महिना १६ दिनमा उत्तम जोशीले स्वास्थ्य क्षेत्रमा के गरे ?

September 13, 2026

अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट

August 22, 2026

भरतपुर धाउनुपर्ने बाध्यता हटाउँदै बकुलहर रत्ननगर अस्पताल

August 21, 2026

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

August 14, 2026

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

August 06, 2026

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

August 06, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .