क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

चितवन। यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पद खुला आवेदनमार्फत  चयन गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले सात दिनभित्र आवेदन पेस गर्न सक्ने जनाएको छ । 


सूचनामा अस्पतालको ऐन, २०५३ को दफा ७ को उपदफा (१) को खण्ड (क)मा उल्लेख भएबमोजिम योग्यता भनिएको छ । जसअनुसार अध्यक्ष बन्नका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी क्यान्सर रोगको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको वा मान्यता प्राप्त शिक्षण संस्थानबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी स्वास्थ्य क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव प्राप्त वरिष्ठ चिकित्सहरूमध्येबाट सरकारले मनोनित गर्ने भनिएको छ ।


अध्यक्ष पदको पदावधि तीन वर्षको रहने छ । यसअघि २०७९ साल चैत २० मा बसेको मन्त्रिपरिषद्को बैठकले डा विजयराज न्यौपानेलाई अस्तपालको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । उहाँको तीनवर्षे पदावधि सकिएपछि नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेको हो । पहिलोपटक खुला आवेदनमार्फत अध्यक्ष नियुक्ति गर्न लागिएको हो । 

‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न मिलेर काम गरौँ’
अस्पतालमा मुख्यमन्त्रीदेखि स्वास्थ्य मन्त्रीसहितको छड्के अनुगमन
नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह
क्यान्सर अस्पताल भरतपुरले थप सेवा विस्तार गर्दै
किन बढ्दै छ, वायु प्रदूषण ?
वायु प्रदूषण हुँदा मानिसहरुले के गर्ने र के नगर्ने ? वायु गुणस्तर सूचकांक भनेको के हो ? AQI को महत्त्व
वीरगन्जमा पहिलो पटक थ्रोम्बोलाइसिस प्रविधिबाट पक्षाघातको उपचार सुरू
राज्यले सही नीति लिन नसक्दा स्वास्थ्यकर्मी पलायन भइरहेका छन् : स्वास्थ्यमन्त्री पौडेल
चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने
वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त
नयाँ वर्षसँगै भरतपुर अस्पतालमा क्याथल्याब
स्वास्थ्य मन्त्रालयको सचिवमा डा. देवकोटाको बढुवा
भैरहवामा पहिलो पटक न्युरो विज्ञान सम्मेलन
कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह
दुई सिफ्टमा अपरेशन थाल्ने वीर अस्पतालको तयारी, प्रयोगशालाको क्षमता वृद्धि
स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो, दुई चरणको काम थालि सक्यौं : मन्त्री पौडेल
मर्निङ वाक खाली पेटमा गर्ने कि खाएर ? जान्नुहोस दुबैको फाइदा
उच्च रक्तचाप कम गर्न यसरी खानुस् मेथी
भरतपुर अस्पतालमा आफूले चाहेको चिकित्सक सँग परीक्षणका लागि अग्रिम बुकिङ्ग सुविधा

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .