इ चितवन खबर
June 10, 2025
नयाँ दिल्ली । भारतमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको छ । भारतमा ९ दिनमा मात्रै ५८ जनाको मृत्यु भएको छ भने बितेका २ हप्तमा २३ गुणा बढीले संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशमा कोभिडका ३ सय ७८ नयाँ संक्रमित थपिएका छन् भने सक्रिय संक्रमितको कुल संख्या ६ हजार नाघेको छ भने पछिल्लो २४ घण्टामा कोभिडका कारण ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उपलब्ध तथ्यांक अनुसार कोरोनाबाट सबैभन्दा बढी प्रभावित राज्य केरला हो । केरलापछि गुजरात, पश्चिम बंगाल र दिल्लीमा थप कोभिडका नयाँ केसहरू रिपोर्ट गरिएको छ। तर, विज्ञहरूका अनुसार कोभिडको नयाँ संस्करण खतरनाक भने होइन ।
पछिल्लो ४८ घण्टाको कुरा गर्ने हो भने देशमा कोभिडका ७ सय ६९ बिरामी बढेका छन् । यी सबै केसहरू एकदम हल्का हुन्छन् र बिरामी घरको हेरचाहमा निको हुन सक्छन्। स्वास्थ्य मन्त्रालयका अनुसार अरुणाचल प्रदेश र मिजोरममा मात्र कोविडको सक्रिय केस छैन।
गत २२ मे मा भारतमा जम्मा २५७ सक्रिय केसहरू मात्रै थिए तर लगातार केस बढ्दै गएपछि हालसम्म संख्या ६ हजार १३३ नाघेको छ। केन्द्र सरकारले राज्यहरूलाई अक्सिजन, आइसोलेसन बेड, भेन्टिलेटर र अत्यावश्यक औषधिको उपलब्धता सुनिश्चित गर्न भनेको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
June 10, 2025
June 10, 2025
May 24, 2025
May 23, 2025
May 06, 2025
May 03, 2025
April 29, 2025
April 28, 2025
April 08, 2025
April 08, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .